US Khabar

लकडाउनका कारण अप्ठेरोमा परेका बिद्यार्थीहरुलाई अनेरास्ववियूद्वारा राहत बितरण

- Admin | ३ वर्ष पहिले प्रकाशित

लकडाउनका कारण अप्ठेरोमा परेका बिद्यार्थीहरुलाई अनेरास्ववियूद्वारा राहत बितरण

विश्वव्यापी कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखी गरिएको लकडाउनका कारण अप्ठेरोमा परेका विद्यार्थीहरुलाई अनेरास्ववियूले राहत बितरण गर्दै आएको छ । अनेरास्ववियूका पूर्व नेता टेक्सस निवासी राजु नेपालको सहयोगमा नेपालमा रहेका बिद्यार्थीहरुलाई राहत बितरण गरिएको हो ।

सरकारले लागु गरेको लकडाउनका कारण राजधानी काठमाडौं र नजिकका जिल्लाहरुमा अखिलका वर्तमान नेता सुदेश पराजुलीको नेतृत्वमा राहत वितरण भैरहेको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य महेश श्रेष्ठले यूएस खबरलाई दिएको जानकारी अनुसार काठमाडौं भक्तपुर र ललितपुर जिल्लामा अहिलेसम्म २५० भन्दा बढि बिद्यार्थीलाई राहत बितरण भै सकेको छ । श्रेष्ठका अनुसार अखिल नेता पराजुलीको नृतृत्वमा उनिसंगै अनेरास्ववियूका केन्द्रिय सदस्यहरु अशोक थापा मेघनाथ चापागाईँ, अखिलका पूर्व नेता अशोक रावल लगायतको टोलीले बिद्यार्थीहरुको असहज अवस्थालाई हेरी उनिहरुको बसोबास क्षेत्रमा नै पुगेर राहत बितरण गरिरहेका छन् ।

राहत प्याकेजमा चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री समावेश गरिएको छ ।

बिहिबार अनेरास्ववियूले प्रदान गरेको राहत पाएकी आरआर क्याम्पसमा अध्ययनरत एक छात्राले लकडाउनका कारण आफु अत्यन्त असजिलो अवस्थामा रहेको बेला खबर पाए लगत्तै अनेरास्ववियूले भक्तपुर सम्म आएर खाद्यान्न तथा नगद रु १ हजार प्रदान गरेको बताएकी छन् । डेरामा बस्दै आएकी उनले नगरपालिकाले बितरण गर्ने राहतका लागि घरबेटीको परिचयपत्र चाहिने जानकारी पाएसंगै घरबेटीलाई परिचय पत्र मागेकी थिईन् तर घरबेटीले उनलाई सहयोग नगर्दा र सवारी आवत जावतमा समेत समस्या रहेको अवस्थामा सर सापट सम्म चलाउन नमिलेकाले अत्यन्त अप्ठेरो अवस्थामा रहेको अनुभव सहित अनेरास्ववियूले दिएको सो रकमले उनले तरकारी तथा सामान्य रुघा खोकी आदिका लागि  केही औषधी समेत किनेर ल्याएको बताउँदै अनेरास्ववियूले आफुलाई प्रदान गरेको राहतले यस अवस्थामा आफुले अत्यन्त ठुलो सहयोगको  महशुष गरेको भन्दै खुसी ब्यक्त गरेकी छन् ।

सरकारले लकडाउन अवधीलाई चरणबद्ध रुपमा लम्ब्याउँदै लगेपनि डेरामा बस्ने बिद्यार्थीहरुको तथ्याङ्ग संकलन गरेर उनिहरुलाई सहयोग नगर्दा धेरै बिद्यार्थीहरु अहिले दैनिक उपभोग्य खाद्यान्न सामग्री समेत सकिएर अप्ठेरोमा पर्दै गएका छन् । यस्तो अवस्थामा कोही बिद्यार्थी सामान्य बिरामी भए पनि औसधी समेत किन्न नसक्ने अवस्था रहेको छ । खाध्यान्न पाईने पसलका पसलेहरुले समेत यस अवस्थामा उधारो दिन नसक्ने बाध्यता देखाउने हुँदा र अनिस्चित लकडाउनका कारण सर सापट समेत गर्न  नसकिने हुँदा सबै भन्दा बढि मर्का राजधानि र देशका बिभिन्न जिल्लाहरुमा डेरा गरी बस्ने बिद्यार्थीहरुलाई परेको देखिन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

भर्खरै

error: Content is protected !!