US Khabar

कम्युनिस्ट नामको सरकार हुँदापनी अधिकार पाएनन् वास्तविक मजदुरहरुले

- Admin | २ वर्ष पहिले प्रकाशित

कम्युनिस्ट नामको सरकार हुँदापनी अधिकार पाएनन् वास्तविक मजदुरहरुले

कम्युनिस्ट नामको सरकार हुँदापनी वास्तविक मजदुरहरुले अधिकार नपाएको र अहिले विश्व महामारीको बेला पनि मजदुरहरुको अबस्था भयाबह रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिए । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक दाङ ले भिडियो मार्फत १३१ औ अन्तर्राष्ट्रिय मजदुर दिबस कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।

उक्त संगठन का जिल्ला अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी मसाल दाङ जिल्ला अध्यक्ष भरत भण्डारी रहेका थिए । उनले कार्यक्रममा आफ्ना बिचार राख्दै पुजिबादी ब्यबस्थामा वास्तविक मजदुरहरुको हित हुदैन , अहिलेको कोरोना भाइरसको विश्व महामारीमा पनि त्यो देखीएकोले मजदुरको हित र अधिकारको लागि नायाजनबादी क्रान्तिको जरुरी रहेको कुरा बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य  राम बहादुर घर्ती अखिल नेपाल शिक्षक संघ का केन्द्रीय सदस्य कपिलदेब खनाल अखिल नेपाल युबक संघ का जिल्ला सदस्य डोर बहादुर के सि अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघ का जिल्ला कोषाध्यक्ष हरी खरेल लगायतले आ आफ्नो मन्तब्य राख्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण जिल्ला सचिब तुलसिराम पन्थिले गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!