US Khabar
  • NST र NCSC को सहकार्यमा शनिवारबाट नेपाली भाषाका विभिन्न बिषयमा Fall Session सुरु

    - Admin | ५ महिना पहिले प्रकाशित

    NST र NCSC को सहकार्यमा शनिवारबाट नेपाली भाषाका विभिन्न बिषयमा Fall Session सुरु

    नेपाली समाजको टेक्सास  (NST) स्कुलले नेपाली बालकालिकाहरुका लागि  Fall Session सुरु गर्ने भएको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) संगको सहकार्यमा यहि अगष्ट २८ शनिवारबाट Fall Session-2021 संचालन सुरु गर्ने भएको हो ।

    अनलाईन माध्यमबाट पढाई हुने यस Fall Session मा अमेरिकाका सबै राज्यमा रहेकाहरु सहभागी हुन सक्नेछन् । बिभिन्न बिषयमा विज्ञहरुले प्रशिक्षण सहितको कक्षा लिने भनिएको Session ५ महिना संचालन गरिने छ । जसमा सहभागी बिधार्थीले अत्यन्त न्यून शुल्कमा कक्षा लिन सक्ने छन् । ५ महिनाको जम्मा २५ डलर शुल्क तोकिएको भाषा कक्षामा धेरै भन्दा धेरै बालबालिका सहभागी गराउने आयोजकको उदेश्य रहेको छ । जसकारण यहाँ रहेका नेपाली बालबालिकाले नेपाली हुनुको अस्तित्वलाई बोध गर्न सक्ने वातावरण सृजना हुन सकोस् ।अध्ययनका लागि ६ वटा बिषय समावेश गरिएको Session मा यो २५ डलर आफुले ५ महिना अध्ययन गर्ने कुनै एक बिषयका लागि तोकिएको शुल्क हो ।


    यस बिषयमा आयोजक टिमले जारी गरेको सुचना सहितको वक्तव्यमा भनिएको छ :-

    सम्पूर्ण अमेरिकामा रहनुभएका नेपालीहरु,
    भाषा हाम्रो पहिचान हो र हाम्रा बालबालिकाहरुलाई हाम्रा आफन्तहरु संग जोड्ने कडी हो। भाषा, धर्म र संस्कृति बिनाको सम्बन्ध अपुरो हुन्छ। प्रवाशमा हुर्केर पनि भाषा र संस्कृति बाट हाम्रा बच्चाहरु टाढा नरहून भनेर यसमा थोरै भए पनि सहयोगी भूमिका खेल्न NST ले  NCSC संगको सहकार्यमा स्कूल संचालन गरिरहेको कुरा अवगतै छ।

    हाम्रो स्कूलको Fall Session यही आउदो शनिवार अगष्ट २८ बाट शुरु हुदैछ। अनलाइन स्कूल भएको हुँदा जहाँसुकैबाट पनि भर्ना हुन खुल्ला गरिएको छ। म बिशेष गरेर समाजलाई यस सम्बन्धी जानकारी गराइदिन हुन पत्रकार मित्रहरु, सामाजिक अभियन्ताहरुलाई अनुरोध गर्दछु साथै यहाँहरुको बालबच्चालाई समेत भर्ना गराउन हुन् अनुरोध गर्दछु।

    पाँच महिनाको निमित्त शुल्क: $२५.००

    https://nstschool.org/register

    विजयराज भट्टराई
    प्रिन्सिपल, स्कूल

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!