US Khabar

सवारी चालकलाई सुरक्षा अपनाउन तुलसीपुर उपमहानगरपालिकाको चेतावनी

- Admin | ३ वर्ष पहिले प्रकाशित

सवारी चालकलाई सुरक्षा अपनाउन तुलसीपुर उपमहानगरपालिकाको चेतावनी

नेपालगञ्जमा कोरोना संक्रमित भेटिएसँगै तुलसीपुर उपमहानगरपालिकाले अमिलिया नाकामा कडाइ सुरु गरेको छ । सो नाका भएर भित्रिने हरेक गाडी चालक र सहचालकलाई अनिवार्य रुपमा सुरक्षा सामग्री प्रयोग गर्न चेतावनी दिईएको स्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

“आज ८ वटा एम्बुलेन्स र ४ वटा अन्य गाडीका चालक र सहचालकलाई चेतावनी दिएका छौ” केसीले भने । उनका अनुसार पहिलो पटक भएकाले परामर्श गरेर छाडिएको र अर्कोपटकबाट अनिवार्य रुपमा सुरक्षा नअपनाएर गाडी चलाइएको पाइएमा क्वारेन्टाइनमा राखिने समेत चेतावनी दिइएको हो ।

“एम्वुलेन्स र खाद्यान्नका गाडीहरु आइरहन्छन् तर चालकले सुरक्षा नअपनाउँदा समस्या उत्पन्न हुन सक्छ” फुलवारी स्वास्थ्य चौकीका प्रमुख ज्ञानवहादुर वस्नेतले भने ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!