US Khabar
  • एनआरएनए अमेरिका: टेक्सास च्याप्टर अध्यक्ष थापा नेतृत्वको नयाँ कार्यसमितीद्वारा पदभार ग्रहण

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    एनआरएनए अमेरिका: टेक्सास च्याप्टर अध्यक्ष थापा नेतृत्वको नयाँ कार्यसमितीद्वारा पदभार ग्रहण

    गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका टेक्सस च्याप्टरको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक कार्यक्रमका बिच नव निर्वाचित टेक्सास च्याप्टर अध्यक्ष सोफिन थापा लगायतका पदाधिकारीलाई औपचारिक रुपमा आ आफ्नो पदिय जिम्मेबारी लिएका हुन् ।

    टेक्ससको अर्भिंगमा आयोजित कार्यक्रममा निवर्तमान च्याप्टर अध्यक्ष राजेश अर्यालले नव निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गरेका थिए ।

    थापा नेतृत्वको टेक्सास च्याप्टरको नयाँ कार्यकारी समिति उपाध्यक्ष पदमा गंगा दत शर्मा, सचिवमा चण्डी भण्डारी, सह–सचिवमा राजन भट्टराई, कोषाध्यक्षमा दिलिप कुमार बस्नेत,महिला संयोजकमा मनिता मानान्धर तथा यूवा संयोजकमा बासुदेव केसरी रहेका छन् ।

    त्यस्तै सदस्यहरूमा छविलाल हुमागाई, रोहित विक्रम केसरी, टंक मणि घिमिरे, भुवन सुवेदी, निश्चल चापागाँई, तथा सन्तोष लम्साल रहेका छन् ।

    लामो समय देखी सामाजिक र एनआरएनए अभियानमा क्रियाशिल टेक्सास च्याप्टर अध्यक्ष सोफिन थापा टेक्सास च्याप्टर यस अघिको कार्यसमितीमा सचिव पदमा रहेर काम गरिसकेका युवा अभियन्ता हुन् । अमेरिका आएको छोटो समयमा नै आफुलाई सामाजिक र ब्यवसायिकरुपमा सफल प्रमाणित थापा पत्रकारिता पृष्ठभुमि बोकेका ब्यक्तीपनि भएकाले उनले समाजका चुनौती,सकारात्मक समाधान र ब्यक्तीका मानसिकतालाई बुझेर काम गर्दै आएको पाइन्छ ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!