US Khabar
  • कोरियाली प्रायद्वीपका मुद्दामा छलफल दक्षिण कोरियाली परमाणु दूत क्यू–डुक अमेरिका आउँदै

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    कोरियाली प्रायद्वीपका मुद्दामा छलफल दक्षिण कोरियाली परमाणु दूत क्यू–डुक अमेरिका आउँदै

    दक्षिण कोरियाका परमाणु दूत नोह क्यू–डुक अमेरिका आउने भएका छन् । गर्न कोरियाका विशेष प्रतिनिधी क्यू–डुक कोरियाली प्रायद्वीपका मुद्दामा छलफल यो साता वाशिङ्टनको भ्रमणमा आउने भएका हुन् ।

    दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारी अुनसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि छलफल सहित ४ दिने भ्रमणका लगि क्यू–डुक अमेरिका आउन लागेका हुन् ।

    अमेरिकी विशेष प्रतिनिधि सुङ किमको निमन्त्रणामा आइतबारदेखि बुधबारसम्म वाशिङ्गटन यात्रामा रहने उनले भ्रमणको क्रममा अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग यस बिषयमा गहन परामर्श गर्ने बताईएको छ । (एजेन्सी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!