US Khabar
  • एनआरएनए अमेरिकाले पढाएको ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण-सामाग्री नेपाल आईपुग्यो

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    एनआरएनए अमेरिकाले पढाएको ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण-सामाग्री नेपाल आईपुग्यो

    सुष्मा देवकोटा \भदौ १५  काठमाडौं ।

    गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामाग्री लिएर आएको अमेरिकी जहाज नेपाल आईपुगेको छ । एनआरएनए अमेरिकाले संकलन गरेको ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण तथा सामग्री आज (मंगलबार) अमेरिकी सेनाको कार्गो बिमानमा नेपाल आएको हो ।

    अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोन कार्यक्रम अन्तरगत एनआरएनए अमेरिकाले पठाएको सो सामग्री लिएर आएको सैन्य विमान केही घण्टा अघि त्रिभुवन अन्तराष्टिय बिमानास्थल अवतरण भएको छ । अमेरिकी सेनासंगको समन्वयमा नि:शुल्क ढुवानी गरिएको सबै स्वास्थ्य उपकरण तथा सामग्री भोलि (बुधबार) नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुवेदीले जानकारी दिएका छन् ।

    सुवेदीले बिमान त्रिभुवन विमानास्थलमा अवतरण भए लगत्तै आफ्नो फेसबुकमा स्ट्याटस समेत राख्दै भनेका छन्  ‘कर्म भूमि अमेरिकाबाट कोरोना महामारी विरुद्ध नेपाल र नेपालीका लागि ल्याइएका स्वास्थ्य उपकरण र सामाग्री जन्मभूमिमा टेकेर नेपाल सरकारलाई हस्तान्तरण गर्न लाग्दा केही भावुक भएको छु । अहिलेको महामारीमा नेपाल र नेपालीहरूले भोगिरहेको पीडामा यो सहयोग थोरै हो । थोरै भए पनि सहयोग गर्ने प्रयासले सार्थकता पाएको छ । यो अभियानमा जोडिनु भएका दाताहरू, सहयोगी संस्था, व्यक्तिहरू र अमेरिकी सरकारलाई नेपालको माटोमा उभिएर हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।’

    नेपालले छिटै नै कोभिड–१९ को महामारीबाट उन्मुक्ति पाएर विकास र संवृद्धिको मार्गमा अगाडि बढ्न सकोस् भन्ने कामना सहित सुवेदीले दुखमा मात्र होइन नेपाल र नेपालीको सुख संवृद्धिमा पनि गैर आवासीय नेपाली सङ्घ अमेरिका सहकार्य गर्न चाहेको स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!