US Khabar

प्रधानमन्त्री ओलीद्वारा आत्मालोचना

- Admin | २ वर्ष पहिले प्रकाशित

प्रधानमन्त्री ओलीद्वारा आत्मालोचना

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । अध्यादेश अचानक ल्याएको, पार्टी निर्देशनमा सरकार नचलेको लगायतका विषयमा उनले आत्मालोचना गरेको स्रोतले जनाएको छ । उपाध्यक्ष बामदेव गौतमलाई नेकपाले उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

बैठकले पार्टीलाई फुट उन्मुख गराउने क्रियाकलापमा नलाग्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!