US Khabar
  • विदेशी र नेपाली दर्शकका माझ झुम्यो टेक्सास गायक हेमन्त शर्माको प्रस्तुतीले (फोटो फिचर)

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    विदेशी र नेपाली दर्शकका माझ झुम्यो टेक्सास गायक हेमन्त शर्माको प्रस्तुतीले (फोटो फिचर)

    रात छिप्पदैं थियो, अमेरिकाको टेक्सास स्थित अर्भिगंको नमस्ते ग्रील एण्ड बारको माहौल भने तातिनै रहेको थियो । अगष्ट २८ शनिवार साँझ ९ बजेबाट सुरु भएको कार्यक्रमका मुख्य आकर्षक थिए गायक हेमन्त शर्मा ।

    ‘म्युजकल ईभेन्ट विथ आटिस्ट्स’ नामक कार्यक्रमका लागि टेक्सास आएका उनले स्टेजमा प्रवेश गर्ना साथ ठुलो संख्यामा नेपालीहरुको उत्साह देखिन्थ्यो । माया त यस्तो होस्, माया साह्रै महंगो, तिमी बाहेक मेरो, मुल हौ भने, आगोलाई पानीमा बाल्दिन्थें, जाले रुमाल, मरी लानु के छ र, बनमाराले लगायतका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुग गरेका गायक हेमन्तको कार्यक्रमको सबै भन्दा आकर्षक पक्ष थियो नेपाली भाषा नै नबुज्ने अमेरिकी र अन्य देशका नागरिक समेत उनको कार्यक्रममा सहभागी थिए र उनका गीतहरुमा झुम्दै थिए ।

    साँझ ९ बजेबाट मध्यरात १ बजे सम्म चलेको सो कार्यक्रमा स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको थियो ।

    खाना र पेय पदार्थको समेत व्यवस्था गरिएको यस कार्यक्रममा युवा युवतीहरुको बाहुल्यता अधिक देखिन्थ्यो भने बिभिन्न उमेर समुहका नेपाली र बिदेशीहरु समेत उनका गीतहरुमा ताल र सुर मिलाउने प्रयासमा थिए । रात्रिकालिन कार्यक्रम भएकाले माहौल सम्पूर्ण कार्यक्रमभर एकनास तरिकाले तातेको थियो ।

    टेक्सास क्षेत्रमा रहेका सामाजिक अभियन्ता तथा पत्रकारहरुको समेत उपस्थिती रहेको कार्यक्रमले धेरैलाई नेपालमा नै छौं कि जस्तो भान भएको प्रतिकृया आईरहेको थियो ।

    नेपाली भाषा, कला, संगीत, संस्कार लगायतका मातृभूमिसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रमले प्रवास र नेपाललाई जोड्ने गरेको पाईन्छ । रमाईलो दृश्य यो पनि थियो कि यतै जन्मिएका र सानैमा अमेरिका आएका युवावर्ग पनि नेपाली कार्यक्रम भनेर अत्यन्त हार्दिकता साथ सहभागी थिए भने कलाकारका रुपमा प्रस्तुती समेत दिएका थिए ।

    आफ्नो सांगीतिक यात्राका क्रममा रहेका गायक हेमन्त शर्माले अमेरिकाका बिभिन्न राज्यहरुमा प्रस्तुती दिने कार्यक्रम रहेको छ भने केही राज्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न पनि भै सकेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!