US Khabar
  • एमसीसीबारे छलफल गर्न उपाध्यक्ष सुमर र सह-उपाध्यक्ष ब्रुक्स अमेरिकाबाट नेपाल आउँदै

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    एमसीसीबारे छलफल गर्न उपाध्यक्ष सुमर र सह-उपाध्यक्ष ब्रुक्स अमेरिकाबाट नेपाल आउँदै

    लामो समय देखी विवादमा रहेको नेपालमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउने भएकी छन् । नेपाल सरकार र जनतामाझ उच्च बहस र चर्चाको बिषय बनेको एमसीसीकी उपाध्यक्ष सुमर एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सहित नेपाल आउने भएकी हुन् ।

    ५ दिने भ्रमण बताईएको यस कार्यक्रम अन्तरगत प्रधानमन्त्री शेरबहादुर, लगायत सत्ता गठबन्धनका नेताहरू र विपक्षी दलका नेता केपी शर्मा ओली लगायतसंग एमसीसी सम्झौता बिषयमा भेटवार्ता रहने छ ।

    ५ सय मिलियन अमेरिकी डलर अनुदान एमसीसी सम्झौता विवाद र बहसको लामो समय बितिसक्दा समेत टुंगोमा पुग्न सकेको छैन । आगामी साता नेपाल आउने तयारीमा रहेका उनिहरुको यस भ्रमणलाई नेपाली संचार माध्यमले शिर्ष स्थानमा राखेर समाचार संप्रेशण गरिरहेका छन् भने सामाजिक संजालमा एमसीसीको समर्थक भन्दा ज्यादा बिरोध जनाउनेहरु देखिन्छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!