बिष्णकुुमार देवकोटा\ दाङ १२ पौष

विप्लव निकट नपाल कम्युनिष्ट पार्टिको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले सरकार पुर्णतः असफलभएको बताउनुभएको छ ।

शहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको शोक सभामा भाग लिन दाङआएका ढकालले जनताको अधिकार सुनिस्चित गर्न वलि सरकार पुर्णतः असफल भएको बताउनुभएको हो । सैघाली खबर संगको राजनैतिक संवाद् कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष ढकालले राजनैतिक कार्यदिशा पुरा नभएको र बिद्रोह आवस्यक रहेको कुरामा जोड दिनुभयो ।

बर्तमान सासकिय स्वरुप भ्रस्टाचारीउत्पादन गर्नै कारसखाना रहेको भन्दै गाँउगाँउमा सिंहदरबारको जनताले अनुभुति गर्न नसकेको कुरामा जोड दिनुभयो ।

दण्डहिनता मौलाएको भन्दै ढकालले निर्मला पन्तको अपराधिलाई अहिले सम्म पत्तालगाउन नसक्नु राज्यको लाचारीपन भएको दावा गर्नुभयो ।

भ्रष्टाचार मौलाएको, बेथिति बढेको, अराजकता चरम सिमामा पुगेको भन्दै ढकालले बिद्रोह जनताको अधिकार रहेको बताउनुभयो । बिद्रोहको तयारी स्वरुप आन्तरीक गृहकार्यमा लगेको कताउँदै ढकालले पुनः जनयुद्ध आवस्यक रहेको जीकिर गर्नुभयो ।

बर्तमान सरकार कम्युनिस्टको नभएको स्पस्ट पार्दै ढकालले आफुहरु सच्चा कम्युनिस्ट भएको बताउनुभयो । एक अर्को प्रसंगमा ढकालले राजसंस्था र हिन्दू राज्य फर्काउने कुरा कोरा कल्पना मात्र भएको दावी गर्नुभयो ।

आफ्नो संगठन बिद्यार्थीहरुको हक हितका लागि क्रियासील रहेको भन्दै पुँजि बादी शिक्षा ले देशको बिकास गर्ननसक्ने दावी गर्नुभयो ।

 

Comments

comments