US Khabar
  • आइडा आँधीले ११ महिने बालक सहीत न्यूयोर्कमा एकै परिवारका ३ जना नेपालीको मृत्यु

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    आइडा आँधीले ११ महिने बालक सहीत न्यूयोर्कमा एकै परिवारका ३ जना नेपालीको मृत्यु

    अमेरिकाका राज्यहरु प्रभावित हुनेगरी आएको शक्तीशाली आँधी आईडाका कारण एक नेपाली परिवारका ३ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा आएको बिषण बर्षात र बाढीमा परेर नेपालमा सोलुखुम्बु घर भई हाल न्युयोर्क निवासी आङ गेलु शेर्पा, उनकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र  १९ महिने छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।

    पछिल्ला दिनहरुमा अमेरिकाको न्यूयोर्क, न्यू जर्सी, लुजियाना लगायतका राज्यमा आएको आइडा आँधीका कारण नेपाली परिवारका ३ जनाको अल्पआयूमा नै भएको दुखद निधनप्रति एनआरएनए अमेरिकाका पदाधिकारी तथा सदस्यहहरुले संस्थागत र पदिय हैसीयतले छुट्टा छुट्टै वक्तव्य जारी गरिरहेका छन् ।

    आईडा आँधीको लुजीयाना राज्यमा प्रभाव शक्तीशाली देखिएपछि यस अघि नै एनआरएनए अमेरिकाले नेपाली समुदाय तथा बिद्यार्थीका लागि हटलाईन नं सञ्चालनमा ल्याएको छ भने यस्तो बेला विद्यार्थीहरु समस्या पर्न सक्ने भन्दै संस्थाका ३ जना पदाधीकारीको व्यक्तीगत सम्पर्क नं समेत सार्वजनिक गरेको छ ।

    आवश्यक सूचना दिन र आवश्यक सहयोगका लागि संवाद गर्नका लागि

    हटलाइन : 844 676 2872 (844NRNAUSA)

    विद्यार्थीका लागि [email protected]

    सुमन थापा 469 500 0605
    उपाध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अमेरिका

    विकास उप्रेती 8574136074
    उपाध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अमेरिका

    त्रीभुवन पाण्डे 505 730 6430
    युवा संयोजक, गैर आवासीय नेपाली सङ्घ अमेरिका

    बादल भुजेल 469 556 7230
    क्षेत्रीय संयोजक, गैर आवासीय नेपाली सङ्घ अमेरिका

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!