US Khabar
  • ७ बर्षिय सम्भव श्रेष्ठलाई बचाईदिन परिवारको अपिल: दिल्ली या अमेरिकामा लैजान चिकित्सकको सुझाव

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    ७ बर्षिय सम्भव श्रेष्ठलाई बचाईदिन परिवारको अपिल: दिल्ली या अमेरिकामा लैजान चिकित्सकको सुझाव

    बलराम थापा\  काठमांडौं

    जन्मेको छोटो समयमा नै छारेरोगबाट पिडित बनेका सिन्धुपाल्चोक सिपापोखरी सम्भव श्रेष्ठलाई बचाईदिन परिवारले अपिल गरेको छ । सिन्धुपाल्चोक जिल्ला सिपापोखरी वडा नं ३ स्थायी ठेगाना भई हाल काठमांडौं महानगरपालिका २८ वडा बागबजार बस्ने प्रेम बहादुर श्रेष्ठका छोरा सम्भवको उपचार खर्च अभाव भएपछि उनका बुवा साथै परिवारले उपचार सहयोगार्थ अपिल गरेका हुन् ।

    सम्भव जन्मदा सामान्य भएपनि जन्मेको १ बर्षमा नै उनमा छारे रोग देखा परेको थियो । ६ बर्षदेखी लगातार उनको उपचारमा खटेको परिवारको आफुसंग भएको सबै सम्पत्ती समेत सकिसक्दा पनि छोराको उपचार नेपालमा सम्भव नभएपछि अन्य देशमा उपचार गराउन आवश्यक रकम अभावका कारण सहयोगको अपिल गरेको हो ।

    सम्भवको उपचार गराईरहेका चिकित्सकले सम्भवको उपचार नेपालमा हुन नसक्ने भन्दै दिल्ली वा अमेरिका लैजान सुझाव दिएको छ । परिवारका अनुसार उनको उपचार खर्च दिल्लीमा ३० लाख र अमेरिका लानका लागि ५० लाख रकम लाग्ने अनुमान गरिएको छ ।

    छोराको उपचारमा भएको सबै सम्पत्ती सकाएका सम्भवका माता पिताले यति ठुलो रकम आफुसंग नभएकाले छोरालाई सबै मिलेर बचाईदिन अनुरोध गरेका हुन् ।

    रोग निबारण गर्न आबश्य रकम जुटाउन दान,दक्षिणा तथा चन्दा संकलनमा आफू लागीरहेको र प्रवासमा रहेका सबैमा नेपाली तथा गैर नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सहयोगको याचना समेत गरेको परिवारले सम्भवको उपचारका लागि आवश्यक सहयोग दाताले
    सम्भवका बुवा प्रेम बहादुर श्रेष्ठको सम्पर्क नं. + ९७७–९८४९-४६७-८०६ मा सम्पर्क गर्न सकिने छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!