US Khabar
  • NRNA अमेरिका: नेपाली विद्यार्थीका लागि टेक्सास च्याप्टरले आज शैक्षिक परामर्ष बिषयक कार्यक्रम गर्दै

    - Admin | २ हप्ता पहिले प्रकाशित

    NRNA अमेरिका: नेपाली विद्यार्थीका लागि टेक्सास च्याप्टरले आज शैक्षिक परामर्ष बिषयक कार्यक्रम गर्दै

    गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका टेक्सस च्याप्टरले विद्यार्थीहरुका लागि शैक्षिक परामर्ष बिषयक कार्यक्रम गर्ने भएको छ । टेक्सास च्याप्टर ले आज आर्थात सेप्टेम्बर ११ तारिख साँझ भर्चुअल माध्यमबाट शैक्षिक परामर्ष मुलक अन्तरक्रिया गर्ने भएको हो ।

    उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरु कसरी छनौट गर्ने बारे अन्तरक्रियात्मक छलफल हुने कार्यक्रममा नेपाली समाजका नयाँ पुस्ताका नेपाली बिद्यार्थी लक्षित यस कार्यक्रमबारे च्याप्टले वक्तव्य सहितको सुचना जारी गरेको छ ।

    कार्यक्रमका उदृश्य
    अमेरिकामा रहेका नेपाली समुदायका नयाँ युवाहरूको लागि उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरु कसरी छनौट गर्ने ? कस्तो विषयको छनौट गर्ने ?

    कुनै विषय छनौट गर्दा त्यसका संभावनाहरु के कस्ता रहन्छन्?

    विश्वविद्यालयहरुमा अध्ययनका निम्ति छात्रवृत्ति के–कस्ता रहेका हुन्छन् र कसरी प्राप्त गर्न सकिन्छ ?

    अध्ययन सकेपछि रोजगारी लगायतका संभावनाहरु कसरी पहिल्याउन सकिन्छ ?

    लगायतका जानकारी सहित अनुभवी व्यक्तित्वहरु लगायत विभिन्न उत्कृष्ट विश्वविद्यालयहरुमा अध्ययन गरि रहेका विद्यार्थीका अनुभव साटासाट समेत हुने हुँदा कार्यक्रमबाट विद्यार्थीहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरेको जनाएको छ ।

    एनआरएनए टेक्सास च्याप्टरले कार्यक्रममा सहभागिताको लागि नेपाली समुदायका यस बिषय संवद्ध व्यक्ती,अग्रज, अविभावक तथा बिद्यार्थीहरुलाई अनुरोध समेत गरेको छ ।

    कार्यक्रम तालिका

    समय र मिति: September 11, 2021 (5pm -9pm Central Time)
    स्थान: Virtual (Zoom Meeting)

    Zoom Link: https://tamu.zoom.us/j/9407684290
    Zoom ID: 98401324618
    Passcode: TEXAS

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!