US Khabar
  • बैतडीमा जिप दुर्घटना : ९ जना घाईते – चालककोअवस्था गम्भिर

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    बैतडीमा जिप दुर्घटना : ९ जना घाईते – चालककोअवस्था गम्भिर

    बैतडी जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । बैतडीको सुर्कालबाट देह माडौँतर्फ जाँदै गरेको भे १ च १११६नम्बरको बोलेरो जिप सोमबार दुर्घटना हुँदा जिपमा सवार ९ जना घाईते भएका हुन् ।

    घाईते मध्य जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्दको अवस्था गम्भिर रहेको बताईएको छ । अन्य घाईतेहरुमा दशरथचन्द नगरपालिका र पाटन नगरपालिका–५ का यात्रुहरु रहेका छन् ।

    ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको सो जीपका अन्य घाईतेहरुमा दशरथचन्द नगरपालिकाका देवदत्त बडू र जयबहादुर बोहरा तथा पाटन नगरपालिका विनोद जोशी, जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द रहेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!