US Khabar
  • एमालेको विरोधका बाबजुद ‘विनियोजन विधेयक-२०७८’ पारीत

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    एमालेको विरोधका बाबजुद ‘विनियोजन विधेयक-२०७८’ पारीत

    विनियोजन विधेयक, २०७८ लाई पारित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकबाट २०७८ सालको विनियोजन विधेयक बहुतले पारित गरेको हो ।

    अर्थमन्त्री जनार्दन शर्माद्वारा पारितका लागि पेस विनियोजन विधेयक–२०७८ प्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको थियो । यद्यपी आजको प्रतिनिधिसभा बैठकले पारित गरेको यो विद्येयकका विभिन्न शीर्षकहरूमाथिको मन्त्राल यगत छलफलका लागि बोलाईएको थियो तर प्रेम सुवाल बाहेक अन्य कुनै पनि सांसदले छलफलमा भाग लिन आएनन् ।

    त्यसकारण सांसद सुवालले नै विनियोजन विधेयक–२०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालय शीर्षकको खर्च सम्वद्धमा प्रस्ताव गरेका थिए ।

    अर्थ मन्त्री शर्माले विनियोजन विधेयक–२०७८ मा बजेटको आकार घटाई प्रभावकारी र यथार्थपरक बनाईएको जानकारी दिएका छन् ।

    विनियोजन विधेयक-२०७८’ मा बिमत्ती जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बेलमा गएर संसद् बैठक अवरुद्ध समेत गरेको थियो । यस अघि भदौं २९ मा स्थगित प्रतिनिधिसभा बैठक आज बसेको थियो भने अव अर्को बैठक असोज ७ गते बस्ने छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!