US Khabar
  • विवादित ‘ओकस’ सम्झौताबारे अमेरिकी र फ्रान्सेली राष्ट्रपति बाइडेन र म्याक्रोंबीच फोनवार्ता हुने

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    विवादित ‘ओकस’ सम्झौताबारे अमेरिकी र फ्रान्सेली राष्ट्रपति बाइडेन र म्याक्रोंबीच फोनवार्ता हुने

    केही दिन यता चिसिएको अमेरिका फ्रान्स सम्बन्ध बारे दुई देशका राष्ट्रपति बिच फोनवार्ता हुने भएको छ । पनडुब्बी सम्झौताका कारण चिसिएको सम्बन्ध बारे कुराकानीका अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंबीच चाडै नै फोनवार्ता हुने भएको हो ।

    सम्झौता तोडेको प्रति आक्रोस पोख्दै आएको फ्रान्सले अस्ट्रेलिया र अमेरिकालाई झूटो बोलेको आरोप सहित सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै यि दुई देशबाटबाट आफ्ना राजदूत फिर्ता गर्ने निर्णय समेत गरेको थियो ।

    ओकस नाम दिइएको त्रिदेशीय सम्झौतापछि अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने ‘पनडुब्बी ‘बनाउने प्रविधिमा पहुँच पाउनेछ। सम्झौतासँगै फ्रान्ससँग पनडुब्बी खरिद गर्ने अर्बौँ डलरको सम्झौता अस्ट्रेलियाले खारेज हुने जनाएपछि प्यारिस रुष्ट बनेको छ। यूके पनि सहभागी भएको सम्झौतालाई दक्षिणी चीनको समुद्रमा चिनियाँ प्रभाव कम गर्ने कदमको रूपमा हेरिएको छ। सार्वजनिक घोषणाको केही घण्टा अघि मात्रै सम्झौताबारे फ्रान्सलाई जानकारी गराइएको थियो।

    यस विषयप्रति विश्व समुदायको चासोलाई ध्यानमा राख्दै दुई देश विचको विवाद मिलाउन राष्टपतिहरुको फोनवार्ता हुन लागेको हो ।अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बाैं डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गर्दै आएका छन् ।

    यस फोन वार्तामा अमेरिकी राष्टपति वाईडेनको प्रस्ताव स्वरुप हुन लागेको भन्दै कुराकानीमा सम्झौता बिषयमा गरेको विश्वास घातमाथी अमेरिकालाई फ्रान्सका राष्टप्रपतीले स्पस्टिकरण माग्ने तयारी समेत रहेको स्थानिय संचार माध्यमले बताएका छन् ।

    यता चीनले सम्झौतामा सहभागी तीन राष्ट्रहरूलाई ‘शीतयुद्धको मानसिकता’ कायम राखेको आरोप लगाएको छ। एजेन्सी

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!