US Khabar

बुद्ध जयन्तीको दिन नेपालीहरुद्वारा संसारकै अग्लो बन्जी जम्प टावरबाट विश्व शान्तिको कामना

- Admin | ३ वर्ष पहिले प्रकाशित

बुद्ध जयन्तीको दिन नेपालीहरुद्वारा संसारकै अग्लो बन्जी जम्प टावरबाट विश्व शान्तिको कामना

बुद्ध जयन्तीको अवसर पारेर मकाउमा रहेका नेपालीहरुले विश्व शान्तिको कामना सहित कार्यक्रम गरेका छन् । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश प्रवाह सहित कोभिड १९ माहामारी अन्त्यका लागि विश्व शान्तिको कामना सहित आज मकाउको   AJ Hackett Macau Tower  बाट बन्जी जम्प सहित सो कार्यक्रम गरिएको हो ।

AJ Hackett Macau Tower  विश्वको सबैभन्दा अग्लो बन्जी जम्प डावर हो । २३३ मिटर अग्लो यो टावरबाट आज नेपाली युवा मोहन कुमार अच्छामीले  Budhda was born in Nepal  भन्ने नारासहिद बन्जी जम्प गरेका छन् । कोभिड १९ बाट ज्यान गुमाउने र संक्रमणमा रहेकाहरुको चिर शान्ति तथा स्वास्थ्य लाभ र सम्पूण विश्व समुदायको सुरक्षित स्वास्थ्यको कामना सहित शान्तिका प्रतिक बुद्धको जन्म दिनको अवसर पारेर आयोजित यस कार्यक्रमको उदेश्य मकाउ, हङकङ, जापान लगायत विश्वलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देस प्रवाह गर्नु रहेको थियो ।

आज दिउँसो ४ बजेबाट सुरु भएको कार्यक्रममा उपस्थित नेपालीहरुले बन्जी जम्पको पुरा समयावधी भर Budhda was born in Nepal सहित विश्व शान्तिको कामना गरिरहेको दृश्य रोमाञ्कारी देखिन्थ्यो । कार्यक्रममा तयार भएको भिडियो यहाँको स्थानिय website  https://macaumedia.ajhackett.com/ मा राखिने हुँदा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देस प्रवाहमा यस कार्यक्रमले ठुलो महत्व राख्ने पनि देखिन्छ ।

कार्यक्रममा सहभागी मोहन कुमारका अनुसार कोभिड १९ ले विश्व आक्रान्त बनिरहेका बेला मकाउ भने नेपालीहरुका लागि अहिले सम्म शुरक्षित नै छ । मकाउ आफैंमा सानो स्थानमा रहेकाले पनि यहाँको सरकारले पूर्ण रुपमा जनताको स्वास्थ्य सुरक्षाका लागि ध्यान पुर्याउन सकेको छ । जसका कारण मकाउमा रहेका अन्य नागरिक संगै ४ \५ हजारको संख्यामा रहेका नेपालीहरु पनि अन्य देशहरुमा जस्तो असहज अवस्थामा रहेका छैनन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!