US Khabar
  • तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट यो बर्ष ६ लाख बढि नागरिक विस्थापित

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट यो बर्ष ६ लाख बढि नागरिक विस्थापित

    तालिवान बिद्रोहीले सत्ता कब्जा गरेको घटनाले विश्व समुदायको चासोका रुपमा रहेको अफगानिस्तानबाट यस वर्षमात्र छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । अफगानिस्तानमा यस बर्ष बढेको चरम हिंसा र हत्याका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायता सम्बन्धी निकायले जनाएको हो ।

    छोटो समयमा नै अपगानिस्तानका सबै प्रदेश राज्य कब्जामा लिंदै अन्तत सत्ता समेत कब्जा गरेको तालिवान आक्रमण पछि गत महिना यता मात्रै कम्तीमा १२ हजार जना व्यक्ति विस्थापित भएको उल्लेख छ ।

    विस्थापित मध्य राजधानी काबुल आएका आएकाहरु पनि छन् जसमा अधिकांश अफगानिस्तानको पञ्जसिरबाट आएका हुन् ।

    ती व्यक्ति पछिल्लो समयमा अफगानिस्तानमा तालिबानहरुले शुरु गरेको सत्ता कब्जा र त्यसपछि यहाँका तालिबान र सेनाबीचको भिडन्तका कारण विस्थापित हुन पुगेका बताएको छ । उता शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले पनि हालैमात्र अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!