US Khabar
  • एनआरएनए आईसीसी निर्वाचन: बेलायतबाटै पोचुर्गल पुगेका उपाध्यक्ष पदका उमेद्वार सुनिल शाह चुनावी भेटघाटमा

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    एनआरएनए आईसीसी निर्वाचन: बेलायतबाटै पोचुर्गल पुगेका उपाध्यक्ष पदका उमेद्वार सुनिल शाह चुनावी भेटघाटमा

    गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तराष्टिय समन्वय परिषद् (आईसीसी) निर्वाचन २०२१-०२३ का लागि उपाध्यक्ष पदका उमेद्वार शुनिल शाह पोचुर्गल पुगेका छन् । एनआरएनएको अन्तराष्टिय स्वस्थ्य सम्मेलनमा भाग लिन बेलायत पुगेका उनि उतैबाट पोर्चुगल गएका हुन् ।

    सम्मेलनमा भाग लिन जाँदा नै आफुले यहि यात्राबाट सम्भव भएका देशहरुमा भौतिक उपस्थितीमै भेटघाट र छलफल गर्ने जानकारी दिएका थिए । सो अनुरुप उनले बेलायत पछि पोर्चुगलको यात्रा तय गरेका हुन् ।

    एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका शाहलाई पोर्चुगलको राजधानी लिस्बोनमा स्वागत गर्दै उनलाई जीतको शुभकमना दिईएको थियो ।

    पोर्चुगलमा रहेका नेपालीहरुले देखाएको आत्मियता र निर्वाचनका निम्ती दिएका सल्लाह सुझाव र शुभकामनाका लागि शाहले कृतज्ञता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!