US Khabar
  • NRNA टेक्सास च्याप्टरको निमन्त्रणामा डा. गोविन्द केसी टेक्सास आउँदै: बिहिबार अर्भिगंमा अन्तरक्रिया कार्यक्रम

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    NRNA टेक्सास च्याप्टरको निमन्त्रणामा डा. गोविन्द केसी टेक्सास आउँदै: बिहिबार अर्भिगंमा अन्तरक्रिया कार्यक्रम

    चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा. गोविन्द केसी टेक्सास आउने भएका छन् । सेप्टेम्बर ३० बिहिबारका दिन टेक्सासको अर्भिगंमा हुने अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन डा. केसी टेक्सास आउने भएका हुन् ।

    गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका टेक्सास च्याप्टरको आयोजनामा विहिबार साँझ ५:३० बजेबाट सुरु हुने कार्यक्रम साँझ ८ बजेसम्म चल्नेछ ।

    अर्भिगंको श्री पशुपती नाथ बुद्ध मन्दिरमा आयोजना हुने कार्यक्रमका लागि टेक्सास आउन लागेका डा. केसी गत यसै साता अमेरिका आएका हुन् । विश्व शान्ति दिवसका अवसरमा सेप्टेम्बर २० र २१ मा दिन न्यूयोर्कमा आयोजना भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी अमेरिका आएका उनि न्यूयोर्कमा आयोजित शान्तिपूर्ण प्रदर्शन ‘दुई दिने सामूहिक सत्याग्रह’ मा सहभागी हुनका लागि विहिबार अमेरिका आएका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!