US Khabar
  • ‘मिस नेपाल अमेरिका-२०२१’ शिर्ष १० प्रतियोगीहरु न्यूयोर्कमा: शनिवार ग्राण्ड फिनाले

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    ‘मिस नेपाल अमेरिका-२०२१’ शिर्ष १० प्रतियोगीहरु न्यूयोर्कमा: शनिवार ग्राण्ड फिनाले

     

    अमेरिकाको न्यूयोर्कमा हुने ‘मिस नेपाल अमेरिका २०२१’ का शिर्ष १० प्रतियोगीहरु न्यूयोर्क आईपुगेका छन् । सेप्टेम्बर २५ शनिवारका दिन आयोजना हुने मिस नेपाल युएस २०२१ का लागि उत्कृष्ट १० प्रतिस्पर्धी न्यूयोर्क आएका हुन् ।

    अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी उनिहरु मध्यबाट थिएटर राउण्ड हुँदै यस बर्षको मिस नेपाल अमेरिका छनौट गरिने छ ।

    न्यूयोर्कको क्विन्स थिएटरमा आयोजना गरिने थिएटर राउण्डका लागि आजबाट नै उनिहरुको प्रतिस्पर्धाको तयारी सुरु भएको छ ।

    चर्चित फोटोग्राफर राजिव श्रेष्ठ अफिसियल फोटोग्राफर रहेको कार्यक्रममा नेपालकी चर्चित सञ्चारकर्मी, पूर्व नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा मुख्य प्रशिक्षक रहने मिस नेपाल अमेरिका २०२१ दशौ संस्करण हो ।

    सन् २०११ म पहिलो पटक आयोजना भएको मिस नेपाल अमेरिका निरन्तर सफल यात्रामा रहेको छ । जसले अमेरिकामा रहेका नेपाली चेलीहरुको खुबीलाई खुल्ला रुपमा प्रतिस्पर्धात्मक मैदानमा उतार्न सफल रहँदै आएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!