US Khabar
  • अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म फेस्टिभल’ हुँदै

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म फेस्टिभल’ हुँदै

    सुष्मा देवकोटा
    काठमाडौं ७ असोज

    अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)को संयुक्त रुपमा आयोजनामा अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको हो ।

    नेपाली चलचित्रको विश्वव्यापी संवद्र्धन,प्रवद्धन र विस्तारका लागि पहिलो पटक अमेरिकामा आयोजना हुन लागेको फिल्म फेस्टिवलको मिती चाँडै नै सार्वजनिक हुने बताईएको छ ।

    कोभिड पेण्डामिकका पहिले नै आयोजनाको कन्सेप्टमा रहेको यस फेस्टिभल सफल रुपमा सम्पन्न गर्न सहयोगको अपेक्षा सहित आयोजक मध्यका नवराज श्रेष्ठले नेपाली कला क्षेत्रलाई विश्वव्यापी प्रचार प्रसारको मुल उदेश्य अनुरुप ग्लोबल फिल्म फेस्टिवलको आयोजना गर्न लागिएको बताएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!