US Khabar
  • भोली हुने साँगीतिक कार्यक्रम ‘फेस्टिभ फ्राईडे’का लागि गायक यम बराल टेक्सास आईपुगे: बेजोड प्रस्तुतीको तयारी

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    भोली हुने साँगीतिक कार्यक्रम ‘फेस्टिभ फ्राईडे’का लागि गायक यम बराल टेक्सास आईपुगे: बेजोड प्रस्तुतीको तयारी

    नेपाली सांगीतिक क्षेत्रमा दशकौं लामो निरन्तर लोकप्रियता हासिल गरेका गायक यम बराल अमेरिकाको टेक्सास आईपुगेका छन् । भोली हुने आफ्नो साँगीतिक प्रस्तुतीका लागि गायक बराल आज टेक्सासको अर्भिगं आईपुगेका हुन् ।

    ‘फेस्टिभ फ्राईडे विथ यम बराल’ नाम दिईएको सांगीतिक कार्यक्रम पश्चिमा समय अनुसार सेप्टेम्बर २४ तारिक शुक्रबार आयोजना हुने छ ।

    अर्भिगं स्थित सांग्रीला ग्रील एण्ड बारमा आयोजना हुने कार्यक्रम शुक्रबार साँझ ७ बजेबाट सुरु हुने छ ।

    ८८४८ मिडिया हाउसको आयोजनामा हुन लागेको यस कार्यक्रमलाई गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका टेक्सास च्याप्टरले सहयोग गरेको छ । च्याप्टर अध्यक्ष सोफिन थापाका अनुसार नेपाली कला, संगीत, साहित्य लगायतका बौद्धिक सम्पत्तीको संरक्षण र विस्तारका लागि टेक्सास च्याप्टर सदैव गम्भिर रहेकाले यस प्रकारका कार्यक्रममा प्रत्यक्ष रुपमा च्याप्टर जोडिएको हो ।

    चर्चित कलाकर्मी तथा संचारकर्मी नारायण पुरी संचालक रहेको सांग्रीला ग्रील एण्ड बार पछिल्ला बर्षहरुमा नेपाली कला, संगीत संवद्ध कार्यक्रमका लागि आकर्षक थलो बनेको छ । गायक बरालले ३ बर्ष पहिले पनि साँग्रीलामा आफ्नो प्रस्तुती दिएका थिए ।

    निष्ठुरीले छाडेर गै हाली, बादलुको घुम्टोले ईलाम बजार, मन रहे पो, दिलमाया, कस्तो होला त्यो मन तिम्रो, अव चोटहरुले पिरोल्दैन, लगायतका कर्णप्रिय गीतहरुमा आवाज भरेका यम बराल आधुनिक र पाश्र्व गायनमा चर्चित गायकका रुपमा स्थापित छन् ।

     

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!