US Khabar

सन्त्रास भुलाउन अष्ट्रेलियामा अध्ययनरत नेपाली बिद्यार्थीद्वारा ‘Rock From Home Concert’ संचालन

- Admin | ३ वर्ष पहिले प्रकाशित

सन्त्रास भुलाउन अष्ट्रेलियामा अध्ययनरत नेपाली बिद्यार्थीद्वारा ‘Rock From Home Concert’ संचालन

विश्वव्यापी महामारी कोभिड १९ को सन्त्रासका बिच अष्ट्रेलियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुले सांगीतिक कार्यक्रमको सुरुवात गरेका छन् । सन्त्रासलाई शक्तीमा बदल्न गत अप्रिल २९ तारिक देखी “Rock From Home live Concert” नामक लाईभ कन्सर्टको आयोजना गरिदैं आएको हो ।

Nepalese Musicians in Australia नामक फेसबुकको समूह मार्फत प्रत्यक्ष प्रसारण भै रहेको यस कार्यक्रमले स्थानीय नेपाली कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउन एउटा अनलाइन मंच प्रधान गरेको छ । जुन फेसबुक पेज मार्फत हरेक दिन कलाकारहरु आफ्नै घरमा सांगीतिक लाईफ गर्दै आएका छन् । विश्व आतंकका रुपमा देखिएको कोरोना कहरका समय संचालित यस कार्यक्रमले मानसिक रुपमा सन्त्रास झेलिरहेका सबैलाई मनोरञ्जनका माध्यमबाट सकारात्मक उर्जा दिईरहनु आफैंमा प्रशंसनिय काम हो ।

यदि तपाईहरुलाई पनि घरमा बसेर नेपाली कलाकारहरुको संगीत सुन्न इच्छा छ भने तपाईंहरूले https://www.facebook.com/groups/1441672192702702/  फेसबुक समुहमा सामेल हुनसक्नु हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!