जापानमा बुधवार ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । बुधबार जापानको सामुद्रिक क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । युनिभर्सल समय अनुसार बुधबार साँझ ८ बजेर ३७ मिनेटमा भूकम्प गएको हो ।
जापान भूगर्भ विभागका अनुसार ६.१ म्याग्नीच्युडको शक्तिशाली भुकम्प आएको भएपनि यसले आँधीको सम्भावना भने देखिएको छैन ।
यति ठुलो भुकम्प आउँदा पनि जापानमा अहिले सम्म कुनै मानविय क्षती नभएको स्थानिय संचार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया