US Khabar
  • एमालेको बिरोधका बाबजुत पनि ‘महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन-२०७८’ पेस

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    एमालेको बिरोधका बाबजुत पनि ‘महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन-२०७८’ पेस

    महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन, २०७८ पेस भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले महालेखा परीक्षकको प्रतिवेदन पेस गरेको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट पेस गरिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७८ बिरोधका बाबजुत पनि पेस भएको हो ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध जनाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएको आजको बैठकले अर्को बैठक असोज १९ गते मङ्गलवारदिउँसो १ः०० बजे बस्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!