US Khabar
  • अफगानिस्तानमा हवाई उडान सुरु गर्न भारत सरकारलाई तालिबानको आग्रह

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    अफगानिस्तानमा हवाई उडान सुरु गर्न भारत सरकारलाई तालिबानको आग्रह

    अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारत सरकारलाई हवाई उडान सुरु गर्न आग्रह गरेको छ । सत्ता कब्जा गरेर अन्तराष्टिय विमानास्थल नियन्त्रणमा लिएको तालिबानले भारत सरकारलाई पत्रचार गर्दै उडान सुरु गर्न आग्रह गरेको हो ।

    भारतको नागरिक उड्डयन निर्देशनालयलाई पत्र लेखेर दुई देशबीचको हवाई उडान सुरु गर्न आग्रह गरेको तालिबान आक्रमणको त्रासमा अगष्ट १५ देखि अफगानिस्तानका लागि भारतिय उडान बन्द गरिएको थियो ।

    अमेरिका, बेलायत, अष्टेलिया भारत लगायतका थुप्रै देशका उडान बन्द गरेको तालिवानले भारतसंग उडान भर्न आग्रह गरेसंगै बिस्तारै अफगान सामान्य अवस्थामा फर्कन सक्ने अनुमान धेरैको छ भने कतीले उनिहरुका पछिल्ला गतिविधीलाई हेरेर अरु नै कुनै दुर्घटनाको आशंका पनि गरेका छन् ।

    यस अघि नै पाकिस्तानले इस्लामाबाद–काबुल उडानलाई पुन सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!