US Khabar
  • NRNA टेक्सास च्याप्टरले नेपाली बिद्यार्थी तथा युवाको आवश्यकता लक्षित ‘Stairway to Dream Job’ कार्यक्रम गर्दै

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    NRNA टेक्सास च्याप्टरले नेपाली बिद्यार्थी तथा युवाको आवश्यकता लक्षित ‘Stairway to Dream Job’ कार्यक्रम गर्दै

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका टेक्सास च्याप्टरले नेपाली बिद्यार्थी तथा युवाहरुका लागि करिअर लक्षित कार्यक्रम गर्ने भएको छ ।Stairway to Dream Job नामक कार्यक्रम अक्टोबर ३ को साँझ भर्चुअल माध्यमबाट हुने भएको हो ।

    नेपाली समुदायमा रहेका भर्खरै स्नातक सकेका तथा जागीरका लागि मानसिक र शैक्षिक दुवै रुपमा तयार रहेर पनि सोही अनुरुपको काम नपाएकाहरुको सहयोग गर्ने उदेश्य अनुरुप टेक्सास च्याप्टरले आयोजना गर्दै गरेको कार्यक्रम अक्टोबर ३ आईतबार साँझ स्थानिय समय अनुसार ५ बजेबाट ६ बजेसम्म संचालन हुने छ ।

    युनिभसिर्टी अफ नर्थ टेक्सास र टेक्सास महिला विश्वविद्यालयकी नेपाली प्रोफेसर डा शिलु घिमिरे न्यौपानेलाई मुख्य वक्ताका रुपमा उभ्याउँदै गरिएको कार्यक्रम जुम मार्फत गरिने भएकाले सहभागीताका लागि च्याप्टरले सबै नेपाली समुदायका युवा, बिद्यार्थी, अविभावक तथा सरोकारवालाई अनुरोध पनि गरिएको छ ।

    कार्यक्रमबारे टेक्सास च्याप्टर अध्यक्ष सोफिन थापाका अनुसार अमेरिकाका रहेका अध्ययन पुरा गरेका तथा क्षमता भएर पनि अवसरबाट बन्चित भएका युवाहरुको क्यारियर निर्माण सत्र प्रदान गरी जागिर खोज्नेहरुलाई मद्दतका निमित्त महिला विश्वविद्यालय र उत्तरी टेक्सास विश्वविद्यालयमा पछिल्लो १० बर्षदेखि स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अध्यापन गराईरहेकी प्रोफेसर न्यौपानेसंग साक्षात्कार गराउने यस कार्यक्रम आवश्यक ,महत्व र संस्थागत दाहित्व महशुष गरेर संचालन गर्न लागिएको हो ।

    कार्यक्रमको बारे थप जानकारीका लागि

    Program: Stairway to Dream Job

    Presenter: Dr. Shilu Ghimire Neupane

    Time: Sunday Oct 3, 2021. 5-6 PM Central Time

    Join Zoom Meeting https://us02web.zoom.us/j/82476858659?pwd=anU2MWdSc2d2cjIvbnJPYUo3ai9OUT09

    Meeting ID: 824 7685 8659

    Passcode: Texas1

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!