US Khabar
  • अमेरिका, क्यानडा,अष्टेलिया लगायतका देशमा रहेका नेपालीका लागि बडादशैंको सुभ मुहुर्त र टिका साईत

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    अमेरिका, क्यानडा,अष्टेलिया लगायतका देशमा रहेका नेपालीका लागि बडादशैंको सुभ मुहुर्त र टिका साईत

    अमेरिका र क्यानडामा रहेका नेपालीहरुको लागि दशमीका सुभ मुहुत तथा टिका साईत सार्वजनिक भएको छ ।  अन्तराष्टिय पञ्चागं निणर्य समितीको १४ असोजमा बसेको बैठकले अमेरिका र क्यानडामा लगायत देशमा रहेका दशैं पर्व मनाउने नेपालीहरुका लागि घटस्थापना देखी बिजयादशमी सम्मका सुभ मुहुर्त र टिका साईत सार्वजनिक गरेको हो ।

    समितीले यस बिषयमा जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार २०७८ सालको बडादशैं अमेरिकाको सेन्ट्रल समय र भेनकुवर क्यानाडाको स्थानीय समय अनुसार थप गरिएका शुभ मुहूर्तहरू साथै अन्य देशमा रहेकाहरुलाई पनि विजया दशमीको टीकाको साईत  सार्वजनिक गरिएको हो । जस अनुसार अमेरिकाका लागि घटस्थापना, यवरोपण अर्थात जमरा राख्ने शुभ मुहुर्त अक्टोबर ६ तारिक अर्थात असोज २० गते बुधबार रहेको छ । आश्विन शुक्ल प्रतिपदाको सो दिन बिहान १० बजेर १६ मिनेटमा अमेरिकामा जमरा राख्ने साईत रहेको छ भने फुलपाती प्रवेश, अक्टोबर १२ का दिन साँझ ६ बजेर ४३ मिनेटमा रहेको छ ।

    त्यस्तै महानवमी तथा नव कन्या पुजनको समय अक्टोबर १४ तारिक बिहान ११ बजेर ४९ मिनेटमा र चण्डी हवनका लागि अक्टोबर १४ का दिन साँझ ५ बजेर ३१ मिनेटमा र बिजया दशमीको टिका साईत अक्टोबर १५ शुक्रबार बिहान ८ बजेर १५ मिनेट रहेको छ । पहिलो

    साइतमा टिका थाप्न र लगाईदिन नपाएकाहरुका लागि सो दिन बिहान ९ बजेर ३९ मिनेट, दिउँसो २ बजेर ३३ मिनेट र साँझ ७ बजेर ३७ मिनेटमा टिका साईत रहेको छ ।

    त्यस्तै भेनकुवर क्यानडाका लागि घटस्थापना अर्थात जमराका राख्ने साईत अक्टोबर ६ बुधवार आश्विन शुक्ल प्रतिपदाको दिन बिहान १० बनेर ५ मिनेटमा रहेको छ भने बिजया दशर्मी अर्थात बडादशैंको टिका साईत अक्टोबर १५ शुक्रबार बिहान ७ बजेर ३७ मिनेटमा रहेको छ । पहिलो साईतमा टिका थाप्न नपाएकाहरुले सो दिन बिहान १० बजेर ४३ मिनेट र दिउँसो १ बजेर १० मिनेटको साईतमा पनि टीका जमरा लाउन लगाउन सकिने छ ।

     

     

     

     

     

     

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!