US Khabar
  • टेक्सासमा दशौं ‘गोर्खाज दशैं कप फुटबल’ प्रतियोगिता हुँदै

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    टेक्सासमा दशौं ‘गोर्खाज दशैं कप फुटबल’ प्रतियोगिता हुँदै

    अमेरिकाको टेक्सासमा हरेक बर्ष आयोजना हुँदै आएको गोर्खाज दशैं कप फुटवल प्रतियोगिता यो बर्ष पनि हुने भएको छ । ड्यालस गोर्खाज फुटबल टिमको आयोजनामा टेक्सासको ड्यालसमा दशौं संस्करण अन्तरगतको गोर्खाज दशैं कप फुटवल प्रतियोगिताका हुने भएको हो ।

    आवेदन खुल्ला गरेर प्रतियोगी समावेश गरिने प्रतियोगीताका लागि यस बर्ष पनि अमेरिकाका बिभिन्न राज्यमा रहेका खेलाडी टिमबाट आवेदन परेको थियो जसमध्य नियमित खेल तर्फ ३५ खेल टोलीको नाम दर्ता गराई भएको छ ।

    बालबालिकाका लागि समेत ५ खेलमा टिमहरु सहभागी हुँदै गरेको प्रतियोगीतका लागि नियमित तर्फ २४ खेल टोली र ३५ बर्ष माथिको खेलमा ११ खेल टोली रहने छन् ।

    आगामी अक्टोबर ९ र १० तारिकका दिन आयोजना हुँदै गरेको प्रतियोगीतामा यस बर्ष खेलाडी बिनोद खरेल सम्मानित हुने भएका छन् । उनको कर्मको उच्च कदर गर्दै उनलाई सम्मान गर्न लागिएको हो ।

    बिगतमा नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त थापा ,उमेश प्रधान ,प्रशान्त गिरी ,देव नारायण चौधरी ,सुनिल तुलाधरलाई सम्मान गरि सकेको गोर्खाज दशैं कप प्रतियोगिता हरेक बर्ष बिजया दशमीको केही दिन अघि आयोजना हुँदै आएको छ ।

    बिजयी हुने समूहलाई १० हजार डलर नगद तथा पुरस्कार तथा उपविजेतालाई ३ हजार डलरको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!