US Khabar

नेपालमा कोरोन संक्रमितको संख्या १०२ पुग्यो – ३० जना डिस्चार्ज

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोन संक्रमितको संख्या १०२ पुग्यो – ३० जना डिस्चार्ज

विश्वब्यापी कोरोना महामारीको संक्रमण नेपालमा थपिदैं गएको छ । शुक्रबार एक १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएसंगै नेपालमा अब संक्रमितको संख्या १०२ पुगेको छ।

आज कोरोना संक्रमण पुष्टी भएका ति किशोरको परिक्षण भेरी अस्पतालमा गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित मध्य ७४ पुरुष र २८ जना महिला रहेका छन ।

कोरोनाको संक्रमण संख्या बढ्दै गएपछि सरकारले लागु गरेको लकडाउन पनि चरणबद्ध रुपमा थपिदैं गएको छ । जसकारण जनजीवन असामन्य बनिरहेका गुनासाहरु दिनानुदिन बढिरहेका छन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हाल सम्मको तथ्याकंमा ३० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आजै मात्र एकैदिन प्रदेश १ बाट ८ जना संक्रमित डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!