US Khabar
  • न्यूयोर्कमा यो बर्षबाट ‘सगरमाथा दिवस’ मनाउने न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफरको घोषणा

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    न्यूयोर्कमा यो बर्षबाट ‘सगरमाथा दिवस’ मनाउने न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफरको घोषणा

    अन्तराष्ट्रिय सगरमाथा दिवस पहिलो पटक न्युयोर्कमा मनाईने भएको छ । न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले यस बर्षदेखी अन्तरराष्ट्रिय सगरमाथा दिवस न्युयोर्कको राजधानी आल्बानिमा समेत मनाईने भएको हो ।

    विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई सम्मान स्वरुप अवका बर्षहरुबाट न्यूयोर्कमा पनि मनाउने घोषणा भएको हो ।

    अमेरिकामा रहेका साठी जना आरोहीहरु युएस नेपाल क्लाइम्बर्स् एसोसिएशनका स्वयंसेवक सम्मान तथा कदरपत्र प्रदान गरिएको कार्यक्रममा सगरमाथा र नेपाली हिमाल आरोहीहरुको योगदानको उच्च सम्मान स्वरुप यस पटकबाट प्रत्येक वर्ष मे महिनाको २९ तारिखलाई न्युयोर्कमा रहेका नेपाली र गैर नेपालीहरुले सगरमाथा दिवस मनाउने भएका छन् ।

    शनिवार सम्पन्न कार्यक्रममा नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले नेपाल सरकारको तर्फबाट न्यूयोर्क सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!