US Khabar
  • कमेडियनको रोस्ट पचाउन कलाकारलाई गार्हो

    - Admin | २ हप्ता पहिले प्रकाशित

    कमेडियनको रोस्ट पचाउन कलाकारलाई गार्हो

    सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’ मा ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका सुन्दर खनालको प्रस्तुती र त्यसप्रति नायिका आँचल शर्माले कलाकारको अपमान भएको भन्दै स्टेजमै जनाएको आपत्तीलाई लिएर सामाजिक संजालमा आ आफ्ना धारणा आईरहेका छन् ।

    ‘कमेडी च्याम्पियन’बाट चर्चाम आएका सुन्दर खनालले कलाकारको आचरण देखी बजारमा आएका विवादित प्रसंगलाई ब्याग्यात्मक रुपमा प्रस्तुत गरेका थिए ।

    सुन्दर खनालको प्रस्तुती नकारात्कम भन्दा यथार्थको पक्षधर रहँदा रहँदै पनि उनले कलाकारको अपमान गरेको गुनासो केही कलाकारले गरेका छन् । जसमा नायिका आँचल शर्माले अवार्ड समारोहको स्टेजबाट नै कलाकारको सम्मानका लागि बोलाएर अपमान गरिएको आरोप लगाएकी छन् ।

    यता दर्शकले भने कलाकारिता र पत्रकारिता क्षेत्रको बेथीतीबारे सुन्दरले ब्याग्यांत्मक रुपमा तितो यर्थाथको उजागर गरेको भन्दै सुन्दरको पक्षका बोलेका छन् कलाकर्मी र संचारकर्मी धेरै हदमा खुलेरै सुन्दरको पक्षमा नबोलेपनि उनले अपमान नै हुने खालको केही नगरेको आसय व्यक्त गरिरहेका छन् । युटुवर र बर्तमान नेता देखी कलाकार सम्मको सशक्त क्यारिकेटर र ब्यांग्यात्मक शैलीमा बर्तमान वास्तविकता देखाएका कमेडियन सुन्दरले हिजोको कार्यक्रमको सो भिडियो किल्प्स सियर गर्दै भनेका छन् अहिलेलाई तपाईको प्रतीकृया मात्र सुन्छु तपाईको बिचार राख्नुस अलिक पछि मेरो कुरा राख्छु हस हेर्नुहोला

    सुन्दरले नेपाली संगीत, कला, राजनितिक, पत्रकारिता क्षेत्रको बारेमा ओकलेको तितो सत्यभित्र आँचल, पल शाह, करिष्मा मानन्धर, पुजा शर्मा रजतपटका संचालक प्रकाश सुवेदी, युट्युव उत्सव रसाइली लगायतलाई जोडेर दिएको प्रस्तुतीमाथी आपत्ती जनाउँदै गर्दा आँचल शर्माले पनि यो बुझ्नु जरुरी छ कि उनिभन्दा पछि आएका कलाकारले कमेडी प्रस्तुत गर्दा आफ्नो अनुजले अग्रजको अपमान भएको ठान्नेले उनि आफैंले चाहिँ हाई र नमस्तेलाई एउटै संस्कार भनेर दिएको अभिव्यक्तीलाई पनि स्मरण गर्नु पर्ने हुन्छ । आसय बुझ्नेको पनि गलत हुनु हुँदैन भन्ने उनि रोस्टमाथी नै आक्रोसित भएर स्टेजमा तुरुन्दै आपत्ती जनाउनुले उनले सुन्दरको व्याग्यंलाई सहज रुपमा स्वकार्न नसकेको आक्रोसका कारण नै यो कुरा आवश्यकता भन्दा बढि नै चर्चामा आएको हो ।

    कार्यक्रममा सुन्दरले दिएको प्रस्तुतीलाई नकारात्मक भन्दा पनि आम दर्शकले पनि त हाम्रोबारे यहि सोचिरहेको होला भनेर ग्रहण भर्न सक्नैपर्छ किनकी सुन्दरलाई सो कार्यक्रममा कमेडीयन कै रुपमा निम्ता गरिएको थियो र उनको प्रस्तुती दर्शकले रुचाएको प्रस्तुती पनि हो ।

    ताली र गाली दुवै स्वकार्य छ भन्दै आदर्शता देखाउने कलाकर्मी अलिकती मात्र पनि आफ्नोबारे नराम्रो सुन्न सक्दैनन् भन्ने उदाहरण हिजोको अवार्ड समारोहमा देखिएको अर्को यथार्थ हो ।

    यो पनि हेर्नुहोस

     

    यो पनि हेर्नुहोस

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!