US Khabar
  • ब्याक टु ब्याक गायक समिर: # YOUTUBE TRENDING मा ‘चकलेटी स्याउ’ 

    - Admin | २ हप्ता पहिले प्रकाशित

    ब्याक टु ब्याक गायक समिर: # YOUTUBE TRENDING मा ‘चकलेटी स्याउ’ 

    पछिल्ला बर्षहरुमा अत्याधिक सफल गायक समिर आचार्यका हरेक गीतमा नयाँ मिठास हुन्छ । मौलिकतालाई कलात्मक आधुनिक फ्युजन गरेर निर्माण गरिएका अडियो भिडियो दुवै आकर्षक हुने भएकाले पनि उनका प्रशंसक लाखौंको संख्यामा छन् भने गीतहरु करोड क्लवमा गईरहेका छन् । पिचरोड, मेरो दुनिया बेग्लै छ, भुर भुर पुतली, घाममा सुकाईदेउ, झम्के माया लगायतका हिट गीत दिएका समिर ब्याक टु ब्याक सफल साँगीतिक छलागं मार्न सफल युवा गायक हुन् ।

    गायक समिरको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको छ । ‘चकलेटी स्याउ’ बोलको यो गीत दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीतमा भिडियो सहित सार्वजनिक भएको हो ।
    मोहित मुनालको संगीत संयोजन रहेको गीतमाथी निर्माण भएको भिडियोमा सागर लम्साल ‘बले’ र प्रिज्मा, प्रिन्सी खतिवडाको अभिनय रहेको छ । जुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी र सागर ‘बले’को जोडी दर्शकले अत्याधिक रुचाएको जोडी हो ।

    चकलेटी स्याउ गीतको भिडियो एभरेष्ट मोसनको यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो । नेपाली संस्कृतीलाई अत्यन्त कलात्मक रुपमा उतारिएको भिडियोमा लाखे नाच, पञ्चेवाजा लगायतका साथै पहिरनमा समेत ध्यान दिईएको छ ।

    माया, प्रेम, घरबारको सपना, बैशालु मनको चञ्चलतालाई प्रस्तुत गरिएको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने कोरियोग्राफी राजिव समिरको रहेको छ ।

    मनोज बस्नेको निर्माता रहेको चकलेटी स्याउको भिडियोलाई हरी हुमागाईंले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!