US Khabar

बुद्ध जयन्ति: श्री पशुपतिनाथ फाउण्डेशनद्वारा अमेरिका र विश्व नेपाली समुदायमा शान्तिको कामना

- Admin | ३ वर्ष पहिले प्रकाशित

बुद्ध जयन्ति: श्री पशुपतिनाथ फाउण्डेशनद्वारा अमेरिका र विश्व नेपाली समुदायमा शान्तिको कामना

अमेरिकाको क्यालिफोनिर्या स्थित श्री पशुपतिनाथ फाउण्डेशनले बुद्ध जयन्तिको अवसरमा अमेरिका र विश्वभर रहेका नेपालीहरुमा शान्तिको कामना गरेको छ । २५६४ औ बुद्ध जयन्तिको अवसरमा फाउण्डेशनले अमेरिका र विश्व नेपाली समुदायको शान्ति, सुस्वाथ्य, सुख र सम्बृद्धीको कामना गरेको हो ।

धार्मिक सहिष्णुता स्वरुप क्यालिफोर्नियाको नर्वाकमा स्थापित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर एकै ठाउँमा हिन्दु र बौद्ध धर्मालम्वीका जोड्ने धार्मिक सेतुको रुपमा स्थापित मन्दिर हो । जहाँ हरेक बर्ष बैसाख शुल्क पूर्णिका दिन सामुहिक रुपमा भगवान् बुद्धको पुजा आरधना हुँदै आएकोमा यस बर्ष भने विश्वब्यापी महामारी कोभिड १९ का कारण मन्दिरमा उपस्थित हुने वातावरण बन्न सकेन ।

यस बिषयमा फाउण्डेशनका अध्यक्ष गोकुल पौड्यालद्वारा सार्वजिनक शुभकामना सन्देशमा कोरोना भाईरसका कारण यस बर्ष सामुहिक रुपमा बुद्ध जयन्ती मनाउन नपाएको उल्लेख गर्दै यस बिषम परिस्थितीमा भगवान् बुद्धबाट प्राप्त शान्ति र अहिंसाको मार्गदर्शनको ज्ञानलाई अनुसरण गर्दै आ आफ्नो घरबाट नै भएपनि बुद्ध जयन्ती मनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!