US Khabar
  • सुरु भयो बडादशैं: आज घटस्थापना र सप्तबिज (जमरा) रोपण

    - Admin | २ हप्ता पहिले प्रकाशित

    सुरु भयो बडादशैं:  आज घटस्थापना र सप्तबिज (जमरा) रोपण

    नेपालीहरुको महान पर्व बिजया दशमी आजबाट सुरु भएको छ । बम्हाण्डमा रहेका ग्रह नक्षत्रको प्रभाव तथा पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी सुरु हुने दशैं पर्वको आज घटस्थापना परेकाले २०७८ सालको पावन दशमी सुरु भएको छ ।

    दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय बिधी अनुरुप मनाईंदै आएको दशैंको पहिलो दिन आज घटस्थापना हो । देश बिदेशमा रहेका नेपालीहरुले घडा स्थापना सहित जमरा राख्ने चलन छ । दिनभरी चोखो बसेको घरको सदस्यले साँझपख पवित्र स्थानको माटो र गोवरले पुजा स्थान लिपेर जुन हेर्दै सातथरी धान्य अर्थात सप्तधान्य छर्ने चलन छ ।

    आध्यात्मिक कारणले नेपाललमा यस प्रकारको बिधी अपनाईन्छ । त्यसमा पनि ग्रामीण भेटमा घरकी स्त्रीले सो दिन चोखो बसेर, गाँसेर राखेको पातको टपरीमा जुनेली रातमा माथीको बिधी अनुरुप जमरा छर्ने चलन छ । आधुनिकतासंगै दशैं पर्व मनाउने चलन केही परिवर्तन भएपनि दश दिन भने सबै ठाउँमा रहेका नेपालीले उल्लाहसपूर्वक सम्भव भएसम्म धार्मिक बिधी अनुरुप मनाउने गरेको पाईन्छ ।

    आज राखेको जमरा बिजया दशमीको दिन ग्रहण गरिन्छ । आज घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

    यस पर्वमा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!