US Khabar
  • अमेरिकी प्रतिष्ठीत अन्तराष्टिय ‘विन्टर फिल्म अवार्ड’मा नेपाली चलचित्र ‘कठपुतली’लाई महत्वपूर्ण २ अवार्ड

    - Admin | २ हप्ता पहिले प्रकाशित

    अमेरिकी प्रतिष्ठीत अन्तराष्टिय ‘विन्टर फिल्म अवार्ड’मा नेपाली चलचित्र ‘कठपुतली’लाई महत्वपूर्ण २ अवार्ड

    अमेरिकाको प्रतिष्ठित अन्तराष्टिय फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा नेपाली चलचित्र ‘कठपुतली’ ले महत्वपूर्ण दुईवटा अवार्ड जित्न सफल भएको छ । भिमसेन लामाको निर्देशनमा निर्माण भएको हरर चलचित्र कठपुतलीले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो ।

    सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म आयोजित फेस्टिभलमा कठपुतली ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ अन्तरगतको बिधामा छनौट भएको थियो । कठपुतलीले प्राप्त गरेका दुई अवार्ड मध्य ‘इन्डी पिक्स अवार्ड’ त्यो अवार्ड हो जसले बिजयी चलचित्रलाई ‘इन्डी पिक्स’ नामक ओटिटि प्लाटफर्मले रिलीजको लागि अफर गर्दछ ।

    जम्मा चारवटा चलचित्रहरुले यो अवार्ड जितेको भेस्टिवलमा नेपालले २ वडा अवार्ड जित्नु आफ्नो २ दशक लामो नेपाली चलचित्रलाई अन्तराष्टिय स्तर सम्म पुर्याउने सपना साकार भएको भन्दै निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन् ।

    सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको कठपुतलीको नेपाल प्रदर्शन भने बाँकी नै रहेको छ । आगामी पुस–माघसम्म चलचित्रलाई रिलिज गर्ने लक्ष्य कठपुतली युनिटको रहेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!