US Khabar
  • श्रीदेव र दीपाशाको अभिनयमा वरिष्ठ रंग पत्रकार शान्तिप्रियको ‘आयो दशैं’ सार्वजनिक (भिडियो)

    - Admin | २ हप्ता पहिले प्रकाशित

    श्रीदेव र दीपाशाको अभिनयमा वरिष्ठ रंग पत्रकार शान्तिप्रियको ‘आयो दशैं’ सार्वजनिक (भिडियो)

    हिन्दु धर्मावलम्वीहरुको महानपर्व विजया दशमीलाई लक्षितगर्दै आयो दशैं बोलको गीत सार्बजनिक भएको छ । गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागाईंको स्वरमा रहेको यस गीत भिडियो सहित सार्वजनिक भएको हो ।

    विजया दशमी तथा दिपावली पर्वले भित्राएको उत्साह, उमङग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा दिपक शर्माले संगीत भरेका छन् भने राजेन्द्र वजगाईको संगीत संयोजन रहेको छ ।

    निकै आकर्षक रुपमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केशव राज भट्टको निर्देशन, मुकेश हुमागाईँको छायाँकन, विनोद वमको सम्पादन तथा रंगसंयोजन रहेको छ भने अभिनेता श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष के.सी तथा झरना परियारको अभिनय रहेको छ । छायांछवि क्रियशनले निर्माण गरेको यस भिडियोलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!