US Khabar
  • सडकमा मजदुरी गर्नेहरुको प्रेम कथा: संचारकर्मी ज्ञवाली निर्देशित ‘तिमी बिना’ सार्वजनिक (भिडियो)

    - Admin | २ हप्ता पहिले प्रकाशित

    सडकमा मजदुरी गर्नेहरुको प्रेम कथा: संचारकर्मी ज्ञवाली निर्देशित ‘तिमी बिना’ सार्वजनिक (भिडियो)

    राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौं नक्साल स्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    गीतलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेश कुमार शाहले निर्माण गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनको हाराहारी सर्टफिल्म तथा केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

    सार्वजनिक उक्त गीतको भिडियो निकै सरल तर कथा वस्तु हेर्न लायक छ । सडकमा मजदुरी गर्ने एक जोडीको प्रेमलाई सामान्य रुपमा भिडियोमा देखाउने प्रयास गरिएको छ ।

    रचना रिमाल र शंकरलाल श्रेष्ठको स्वर रहेको गीतलाई युरेश सिग्देलले लेखेका हुन् । भिडियोमा चर्चित मोडल स्मृती श्रेष्ठ र युरेश सिग्देलको अभिनय रहेको छ । इश्वर सिकमनाले खिचेको भिडियोलाई चर्चित फिल्म सम्पादक मित्र डि गुरुङले गरेका हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!