US Khabar
  • अन्यौलमा एनआरएनए आइसीसी निर्बाचन

    - Admin | २ हप्ता पहिले प्रकाशित

    अन्यौलमा एनआरएनए आइसीसी निर्बाचन

    स्थापनाबाट नै श्रृंखलावद्ध विवादमा रहँदै आएको गैर आवासिय नेपाली संघ एनआरएनएको अन्तराष्टिय समन्वय परिषद्को निर्वाचन यो बर्ष पनि आपसी कलहले अन्यौलमा रहेको छ । डेलिगेट छनौटमा अनियमितता भएको दावी गर्दै अभियान भित्रकै केही ब्यक्तीले परराष्ट्र मन्त्रालयमा हालेको उजुरी र परराष्टले दिएको निर्देशनका कारण यसै महिना सम्पन्न गर्ने भनिएको एनआरएनए आईसीसी निर्वाचन अन्यौलमा परेको हो ।

    परराष्ट्र मन्त्रालयले निर्वाचन सम्बन्धमा बोलेको कुरा लिखित रुपमा सार्वजनिक हुन बाँकी नै रहेको भएपनि विश्व सम्मेलनका लागि विवादमा रहेका केही एनसीसीको समेत विवाद समाधान गरेर फेरी चुनाव गराउनु र वर्तमान सदस्य र नयाँ सदस्यका हकमा पनि स्पष्ट हुन गरिएको निर्देशनले एनआरएनए विश्व सम्मेलन २०२१ ०२३ को निर्वाचन अझै केही पछि हट्ने देखिन्छ ।

    यता परराष्टले भनेझैं विवादमा रहेका एनसीसीको समेत निर्वाचन दोहोर्याउँदा अर्को भद्रगोल थपिने निस्चित नै छ । अक्टोबरमा सकिएको एनसीसीको वर्तमान कार्यसमितीको निर्वाचन कमिटीले यतिवेला सम्पन्न गरिसक्नु पर्ने यस निर्वाचन कोभिड, बिभिन्न देशका एनसीसी निर्वाचन लगायको कारण देखाउँदै अन्तिम समयमा भएपनि सम्पन्न गर्ने तयारीमा रहेको थियो । तर निर्वाचनमा अनिमियतताको कारण देखाउँदै उजुरी परेपछि आईसीसी मात्र होईन एनसीसी निर्वाचन समेत रद्ध हुने हो कि भन्ने आशंका थपिएको छ । यदि एनसीसी निर्वाचन बदर भयो भने निश्चित छ कि आईसीसी निर्वाचनको समय कयौं महिना लम्बिने छ ।

    केही महिना देखी आईसीसी निर्वाचनका नयाँ उमेद्वारहरु चुनावी प्रचार प्रसारमा छन् । सामाजिक संजालदेखी बिभिन्न देशहरुको भ्रमणमा रहेका उमेद्वार र उनिहरुका समर्थकलाई समेत निर्वाचन सर्ने कुराले असजिलोमा पारिदिएको छ भने नेपाली समुदाय लक्षित बिभिन्न कार्यक्रममा समेत देखिन थालेको चुनावी रौनक पनि सेलाउने भएको छ । सामाजिक संजालमा बिभिन्न देशमा रहेका युवाहरुले एनआरएनएको अविश्वनिय कार्यशैली र एकता भन्दा पनि उजुरी संस्कारका कारण निर्वाचन सरेको भन्दै तिक्तता पोखिएरहेका छन् ।

    सबै नेपालीको एकता बोकेको संस्था भनेर बिभिन्न दफा, उपदफा, नारा, सोलोगन लगायतका जति नै एनआरएनएको प्रचार गरिएपनि माथी भनिएझैं एनआरएनए आईसीसी र एनसीसी दुवै उजुरी संस्कार भित्र रहेका छन् । अधिकारका नाममा सामाजिक संस्थालाई हानथाप, घोचपेच, आपसी मतभेद साँध्ने थलो, उजुरी, ब्यक्ती विरोध र समर्थन देखी व्याग्यात्मक शिष्ट शैलीका गाली नै समेत सामाजिक शैलीमा पोष्ट गर्दै आएका सदस्यदेखी, पदाधिकारी, पूर्व पदाधिकारी सबैको तमासे शैलीले विश्वभर रहेका नेपालीको समस्या समाधानका लागि स्थापित एनआरएनएको छवि सुरुवाती दिनबाट नै धमिलिदैं आएको छ । जसका कारण एनआरएनएले गरेका सकारात्मक कामहरु समेत ओझेलमा पर्ने गरेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!