US Khabar
  • ICC उपाध्यक्ष पदका उमेद्वार सुनिल शाह र टेक्सासका संचारकर्मी तथा NRNA अभियन्ताविच भेटवार्ता

    - Admin | २ हप्ता पहिले प्रकाशित

    ICC उपाध्यक्ष पदका उमेद्वार सुनिल शाह र टेक्सासका संचारकर्मी तथा NRNA अभियन्ताविच भेटवार्ता

     

    गैर आवासिय नेपाली संघ एनआरएनए आईसीसी उपाध्यक्ष पदका दावेदार तथा निवर्तमान एनसीसी अमेरिकाका अध्यक्ष सुनिल शाहले सञ्चारकर्मी तथा एनआरएनए अभियन्ताहरुसंग भेट गरेका छन् । टेक्सास निवासी साहले शुक्रबार डालसको अर्भिगंमा यहाँ रहेका नेपाली सञ्चारकर्मी तथा अभियन्ताहरुसंग भेटवार्ता गरेका हुन् ।

    एनआरएनए र आगामी निर्वाचन लक्षित छलफल, सुझाव, संकलन तथा योजनाका बारेमा कुराकानी भएको सो भेटमा उमेद्वार शाहले आफ्ना प्रतिवद्धताबारे प्रस्ट पार्नुका साथै आवश्यक सुझावका लागि पनि अनुरोध गरेका थिए ।

    एनआरएनए अमेरिकाका प्रचार प्रसार कमीटीका सदस्य मध्यका सन्देश उप्रेतीका अनुसार शाह टेक्सास निवासी भएकाले र यस अघिको कार्यकालमा एनसीसीको नेतृत्वपदमा समेत रहेर काम गरिसकेकाले पनि राम्रा र प्रभावकारी एजेण्डामाथी छलफलको आवश्यकता महशुष गरेर यस छलफल राखिएको हो ।

    एनआरएनए टेक्सास च्याप्टर अध्यक्ष सोफिन थापा, संचारकर्मी सुर्य थापा, केदार तिमिल्सिना, किशन रेग्मी, लेखनाथ गौतम, बाबुराम दाहाल, सागर अर्याल, नेजा महासचिव सुरज भण्डारी, एनआरएनए अभियन्ता सरोज सिग्देल, चलचित्रमा निर्देशक प्रसन्न पौडेल लगायतको उपस्थिती रहेको कार्यक्रममा शाहले देश बिदेशमा रहेका नेपालीहरुलाई महान् पर्व बिजयादशमीको शुभकामना पनि दिएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!