US Khabar
  • एनआरएनए आईसीसी सह-कोषाध्यक्ष पदमा वर्तमान सदस्य यमुना भट्टराईले उमेद्वारी दिदै

    - Admin | १ हप्ता पहिले प्रकाशित

    एनआरएनए आईसीसी सह-कोषाध्यक्ष पदमा वर्तमान सदस्य यमुना भट्टराईले उमेद्वारी दिदै

    गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् एनआरएनए आईसीसी निर्वाचन (२०२१-०२३) का लागि यमुना भट्टराईले सह कोषध्यक्ष पदमा आफ्नो उमेद्वारी सार्वजनिक गरेकी छन् । बर्तमान आईसीसी सदस्य समेत रहेकी भट्टराइले आफ्ना मुख्य केही प्रतिवद्धता सहित सह- कोषाध्यक्ष पदमा उमेद्वारी दिने भएकी हुन् ।

    लाम्रो समय देखी अमेरिकाको टेक्सास राज्यमा रहँदै आएकी भट्टराइ विभिन्न व्यवसाय संग आवद्ध महिला हुन् । जसले टेक्सासको बसाईका क्रममा यहाँका स्थानिय तथा अमेरिकाको केन्द्रिय तहको विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय भूमिकामा रहेर काम गर्दै आएको छ । गैर आवासिय नेपालीहरुको समस्या नजिकबाट बुझेको बताउने उनि विशेष गरेर महिला दिदी–बैनीहरुले उठाउदै आएका कुराहरुमा अगुवाइ समेत गर्ने प्रतिवद्धता सहित यस पटकको निर्वाचनमा देखिने भएकी छन् ।

    भट्टराईले नेपालवाट प्रवासमा आएर वसोवास गरीरहेता पनि कतिपय अवस्थामा महिलाहरुले सामाजिक, राजनैतिक र अन्य धेरै कुराहरुमा त्यस्तो फड्को मार्न नसकिरहेको यथार्थ सहित विभिन्न महिला ससक्तिकरणका योजनाहरु संचालन गर्दै आ–आफ्नो कर्म क्षेत्रमा रहेका महिलाहरुलाई योग्य र सक्षम वनाउनु आफ्नो उदेश्य रहेको बताउँदै आएकी छन् ।

    नेपालको झापा जिल्लामा जन्मिएकी भट्टराई अमेरिका प्रवेशका सुरुवाती दिनहरुबाट नै सामाजिक कार्यमा सक्रिय रहँदै आएकी अभियन्ता हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!