US Khabar
  • एनआरएनए आईसीसी निर्वाचन: महिला संयोजक पदमा उमा कार्की थापाले उमेद्वारी दिंदै

    - Admin | १ हप्ता पहिले प्रकाशित

    एनआरएनए आईसीसी निर्वाचन: महिला संयोजक पदमा उमा कार्की थापाले उमेद्वारी दिंदै

    गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् एनआरएनए आईसीसी निर्वाचन (२०२१-०२३) का लागि महिला संयोजकमा उमा कार्की थापाले उमेद्वारी दिने भएकी छन् । अमेरिकामा लामो समयदेखी सक्रिय छवि बनाएकी थापाले आफ्ना संस्थागत र संस्थागत अनुभव सहित आईसीसी नयाँ कार्यसमितका लागि महिला संयोजक पदमा उमेद्वारी दिने भएकी हुन् ।

    सामाजिक संजाल तथा संचारमाध्यमबाट ‘उमा कार्की थापा जिताउँ’टिमले सार्वजनिक गरेको पोष्टरमा उल्लेख भए अनुसार उनि उनि एनआरएनए आन्दोलनमा प्रमाणित नेतृत्व सम्हाल्दै आएकी अनुभवी र सर्वप्रिय महिला भएको उल्लेख गरिएको छ ।

    एनआरएनए अमेरिकाको (२०१९-०२१) कार्य समितीमा क्षेत्रिय महिला संयोजक रहेकी थापा (२०१७-०१९) की एनसीसी अमेरिका कै उपाध्यक्ष पनि हुन् । सन (२००८-०१२) सम्म साउथ एसिएन नेटवर्कसंग आबद्द उनि गणेश तिर्थ फाउण्डेसनकी अध्यक्ष,एनआरएनएको टाक्सफोर्सको पूर्ब सदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष, अमेरिका नेपाल एकता समाजकी पूर्ब उपाध्यक्ष श्री पशुपति फाउंण्डेसन अमेरिकाको टिम मेम्बर लगायतका संघ संस्थासंग आवद्ध रहेर पदिय तथा सामाजिक जिम्मेवारी निर्वाह गर्न सफल महिला हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!