कोरोना महामारीबाट प्रभावितका लागि प्रबासी नेपाली एकता मंचले सहयोग कार्यक्रम घोषणा गरेको छ। मंचले एक बिज्ञप्ति मार्फत सो कुरा जनाएको हो ।
हेर्नुहोस् बिज्ञप्ति !
आदरणीय आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरु:
हार्दिक अभिवादन
विश्व COVID-19 बाट आक्रान्त बनिरहँदा त्यसको सबै भन्दा ठुलो असर हाम्रो कर्मभुमी अमेरिकामा परेकोछ । दुइमहिना भन्दा धेरै भैसक्यो हामी ढुक्कले वाहिर जाने अवस्था छैन । हाल पनि दिनहुँ 25000भन्दा धेरै मनिसहरु कोरोना संक्रमित भैरहेका छन भने 2500.00 को हाराहारिमा दैनिक मृत्यु भैरहेको छ । अमेरिकी सरकारले कतिपय राहतका प्याकेजहरु त प्रदान गरिरहेको छ तर त्यसमा पनि बिभिन्न त्यसका सर्तहरु र प्राविधिक कठिनाईका कारण अरु धेरैले जस्तै नेपाली समुदायका सबै मानिसहरु समक्ष पनि राहात पुग्न सकेको छैन ।अहिले यो समस्या बिशेष गरी नयाँ आउने आप्रवासी र तमाम विद्यार्थी समुहमा बढी देखिएको छ ।
आदरणीय साथीहरु ,
समुदाय मात्रै नभएर सिंगो मानवजातीनै दुखमा परेको घडीमा प्रवासी नेपाली एकता मंच अमेरिकाले शुरु देखी नै अग्रपङ्तीमा रहेर सहायता पुर्याउन सबैसंग मिलेर काम गरिरहेको कुरा सबैलाइ जानकारी नै छ । साथै हामी आउँदा दिनहरुमा पनि बिशुद्द मनले समाज सेबा गर्ने कुराको प्रातिबद्धता समेत ब्यक्त गर्न चाहन्छौ । हामीले यो महामारीबाट समस्या ग्रस्त समाजलाई सहयोग गर्न लागि आन्तरिक रुपमा सात सदस्यीय आपतकालिन राहत संकलन तथा सहयोग समिती निर्माण गरी कोशको पनि अपिल गरेका थियौँ जसको संयोजन सँस्थाका वरिष्ठ नेता भिम कार्की हुनहुन्थ्यो र सदस्यहरुमा बाला घिमिरे ,युबराज खनाल , चेतनाथ घिमिरे , शुसिल क्षेत्री सेबक अत्रिको शंकर पन्त हुनुहुन्थ्यो । त्यस समिति मार्फत हामीले ब्यापक सहयोग प्राप्त गर्न सफल भैरहेका छौं । हामीले हाल सम्म गरेका कामहरुलाई यहाँहरु समक्ष प्रस्तुत गर्दै आगामी दिनहरुमा पनि नयाँ र थप योजनाका साथ आउने कुराको समेत अनुरोध गर्दछौ । हामीले न्यूयोर्कमा हाम्रो एकल सहभागितामा ७७ परिवार र ११ विद्यार्थीलाई आवश्यकता अनुसार खाद्द्यन्न, औषधी, मास्क, पन्जा हेन्ड सेनिटाइजर र थर्मामिटर उपल्ब्ध गराएका छौ । न्यूजर्सीमा Caldwell University का 55 जना विद्यार्थी हरुलाई डा बिष्णु माया परियार र प्रदीप थापा परियार को समन्न्वयमा खाद्द्यन्न तथा औषधी बितरण गरेकाछौ । टेक्सासको डालस क्षेत्रमा हाम्रो गौरबसाली संस्थाका केन्द्रीय सदस्य शुसिल क्षेत्रीको अगुवाइ तथा बरिश्ट नेता भिम कार्की , प्रबक्ता कमल ओझा,कोसाध्यक्ष युबराज खनाल, केन्द्रीय सदस्य देबी पाण्डे , प्रदिप तिमिल्सिना, सरीता चौलागाई, चेतनाथ भट्टाराई लगायत साथीहरुको सहयोगमा राहत बितरण केन्द्र नै स्थापना गरेर झन्डै 100 जना विद्यार्थीहरुलाई आवश्यकता अनुसार औषधी तथा खाद्द्यन्न बितरण गरिएको छ । साथै बिभिन्न राज्यहरुहरुमा यो महामारीमा सहयोग गर्न संपर्क ब्य्क्ती र फोन नम्बर उपल्ब्ध गराएकोमा त्यसलाई पनि अपडेट गरेकाछौ जसमा न्यूयोर्क
टेक गुरुङ 917-291-8901,
यम लामा 551-216-0907
सोमेन्द्र रन्जित 347-217-5831,
पेन्सिल्भेनीया शंकर पन्त 646-733-7367,
मेरीलेन्ड टकं कुँवर 410-830-9487
भरजिनिया, डिसी एरिया
डि बि सागर बि क 202-538-1435,
एटलान्टा,जोर्जिया
सि यन घिमिरे (678) 206-6696,
टेक्सास ड्यालस
कमल ओझा 469) 531-9440
युबराज खनाल (469) 644-6162
शुसिल क्षेत्री (940) 465-5109,
टेक्सास अस्टिन
उद्धव खनाल 737-207-2500,
न्यूयोर्क बफेलो
सीता खरेल347-513-6344
सेबक अत्रिको (567) 333-4579
केन्टकी भरत ऊप्रेती (443) 839 -4662,
आएवा दीपेश गौतम (703) 624-8297
सिकागो बाला घिमिरे (773) 710-3795 र सुन्दर घिमिरे (224) 814-2847
र सरस्वती मुखिया (773-322-2498,
केन्सास सुरेन्द्र पोख्रेल (913) 433-4344
बोस्टन मिना खतिवडा (857) 445-3282
लसभेगास, नेभाडा
जुनु घले (347) 792-3202
माथि उल्लेखित कुनै पनि साथीहरुलाई सहयोगको लागि संपर्क गर्न अपिल गर्दछौ ।
हामीले न्यूयोर्कमा हाम्रै संस्थाका अध्यक्ष टेक गुरुङ, युवा नेताहरु राधाकृष्णा देउजा र यम लामाको विशेष पहलमा बिभिन्न नेपाली संघ संस्थाहरुसँग समन्न्वय गरी कोरोना बिरुद्द सचेतना अभियान अन्तर्गत 250 परिवारहरु र 100 विधार्थीहरुलाई खाधान्य,औषधी तथा आत्म सुरक्षित (self protection) का सामानहरु उपल्ब्ध गराएका छौ । जसमा नेपाली जनसंपर्क समिती, अमेरिका अध्यक्ष आनन्द बिष्ट लगायत साथीहरु, आदिवासी जनजाती महासंघ, अमेरिका अध्यक्ष लोक चेमजोङ लगायत साथीहरु, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन लगायत साथीहरु, तमाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा लगायत साथीहरु, मधेशी एसोसिएसन अफ अमेरिकाका बरिश्ट उपाध्यक्ष सतेन्द्र शाह लगायत साथीहरु साथै अन्य स्थानीय सक्रिय नेपाली संघ संस्थाहरु , पत्राकारहरु र सामाजिक ब्यक्तित्व अर्थात अभियन्ताहरु समेत सहभागिता रहेको कुरा स्मरण गराउन चाहन्छौ । साथै जनसंपर्क समितीका अध्यक्ष आनन्द बिष्ट , महासचिव मुनेन्द्र नेम्बाड र आदिबासी महा संघका अध्यक्ष लोक चेमजोङ ले प्रवासी नेपाली एकता मंचलाई प्रदान गर्नु भएका औषधी तथा कोरोना सुरक्षा सम्बन्धी अन्य सामाग्री हरुको लागि हार्दिक आभार ब्य्क्त गर्दछौ । हामी बिभिन्न राज्यहरुमा त्यहाँका स्थनीय संघ संस्थाहरु सँग मिलेर पनि काम गरिरहेको र आगामी दिनमा पनि आवश्यकता अनुसार सो कार्य जारी राखिने ब्यहोरा समेत अनुरोध गर्दछौ ।
हामी यस जोखिमयुक्त बिषम परिस्थितिमा पनि आफ्नो ज्यानको परबाह नगरि फिल्ड मै गएर काम गर्नु हुने वीर स्वयम सेवक (Warriors) साथीहरु प्रति हार्दिक सलाम व्यक्त गर्दछौ। हाम्रो संगठन निरन्तर मैदानमा खटिएर सहायता कार्यक्रममा सहभागी सबैलाइ अभिनन्दन गर्दछ ।
हामीले अहिलेको अवस्थामा अथवा भबिस्यमा यो महामारीबाट पर्न सक्ने समस्या लाई ध्यानमा राखी online application link form को निर्माण गरेकाछौ यदी अझै पनि कसैलाई साच्चै समस्या परेकोछ तपाईंहरुको राहत प्राप्तीमा कुनै पहुच पुग्न सकेको छैन भने निम्न लिखित link मा गएर form भर्नु भयो भने हामीले तपाईंहरु जो कोही लाई पनि सक्दो सहयोग गर्ने छौ । Please go to link bellow हामी यस कठिन घडीमा COVID-19 का कारण ज्यान गुमाउनु हुने सबै प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै सोक सम्तप्त परिवारजन प्रती गहिरो समबेदना ब्य्क्त गदछौ ।
शंकर पन्त
महासचिव
प्रवासी नेपाली एकता मंच
अमेरिका
https://nynepali.com/onufusa/
प्रतिक्रिया