US Khabar
  • भ्वाईस अफ नेपाल सहित चर्चित कलाकर्मीको बेजोड प्रस्तुती: यूएईमा ‘दशैं धमाका’ भव्यरुपमा सम्पन्न

    - Admin | २ महिना पहिले प्रकाशित

    भ्वाईस अफ नेपाल सहित चर्चित कलाकर्मीको बेजोड प्रस्तुती: यूएईमा ‘दशैं धमाका’ भव्यरुपमा सम्पन्न

    सुष्मा देवकोटा \काठमाडौं

    यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा दशैं बिषेश सांगीतिक तथा साँस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । देशका चर्चित तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती सहित शुक्रबार यूएईको बर दुवईमा दशैं धमाका नामक कार्यक्रम सम्पन्न भएको हो ।

    भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता तथा उप बिजेताहरुको यूएई भ्रमणका रुपमा आयोजित यस कार्यक्रममा भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर, फस्ट रनरअप तारा श्रीष मगर, शिर्ष ८ प्रतियोगी रवि गहतराज, शिर्ष ९ प्रतियोगी निहारीका ज्ञवालीको साँगीतिक प्रस्तुती रहेको कार्यक्रममा चर्चित गायिका ज्योति मगर, संगीता थापा, गायक तथा मोडल पिएन सापकोटा, वविता माझी, मिठु आले , शिव केसी लगायत कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

    बडादशैं २०७८ को टिकाको दिन सम्पन्न यस कार्यक्रम २ दिन लामो रहेको थियो । अक्टोबर १४ बिहिबार अर्थात नवमी र अक्टोबर १५ शुक्रबार टिकाको दिन आयोजित कार्यक्रममा २ जना संचालक रहेका थिए । जसमा चर्चित संचारकर्मी तथा भ्वाईस अफ नेपालका समेत प्रस्तोता सुशिल नेपाल र यूएईमा रहेर नेपाली कला, संगीत तथा सामाजिक कर्मका सक्रिय मोडल तथा गीतकार आशिष पुरुष कार्यक्रमका होस्ट रहेका थिए ।

    दुई चरणमा आयोजित कार्यक्रम बिहिबार साँझ ८ बजेबाट सुरु भएको थियो भने शुक्रबार दिउँसो २ बजेबाट कार्यक्रम सुरु भएको थियो । दशैं बिषेश शुभकामना आदनप्रदानको थलो समेत बनेको यस कार्यक्रममा बर दुवई तथा नजिकका क्षेत्रमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!