गोकर्णेश्वर मेयर कपको पहिलो खेलमा वडा नं. ८ विजयी

43

काठमाडौं । गोकर्णेश्वर प्रथम मेयर कपअन्तर्गत आज (शनिबार) भएको खेलमा गोकर्णेश्वर वडा नं. ८ ले वडा नं. ९ लाई टाईब्रेकरमा हराएको छ ।

२५-२५ मिनेटको खेलमा गोकर्णेश्वर ८ र ९ बीच २-२ गोल भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । गोर्णेश्वर ८ का लागि सुनिल तामाङ र बिवेक शम्शेरले गोल गरेका थिए । गोकर्णेश्वर ९ का लागि प्रतिक केसीले दुई गोल गरेका थिए । खेल पेनाल्टिमा पुगेपछि गोकर्णेश्वर ८ ले ३ गोल र गोकर्णेश्वर ९ ले २ गोल मात्र गर्न पुग्यो ।

आजबाट शुरु भएको मेयर कपको उद्घाटन नेपाली कांग्रेसमा केन्द्रिय सदस्य प्रकाशमान सिहंले गरेका थिए । कार्यक्रमका संयोजक प्रदिप लामाले दुबै टिमलाई बल हस्तानतरण गर्दै खेलको शुरुवात गरेका थिए ।

कसले के भने ?

कार्यक्रममा कांग्रेस नेता सिहंले खेल मानिसको प्रतिभा प्रस्फुटन गर्ने माध्यम भएकाले सबैको निम्ति महत्वपूर्ण रहेको बताए । यस प्रतियोगिताबाट गोकर्णेश्वर नगरपालिकाको कुनै पनि खेलाडीले भबिष्यमा राष्ट्रिय खेलाडी बनेर विश्वसामू आफे्नो प्रतिभा देखाउनुपर्नेमा उनले जोड दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आफ्नो कार्यकालमा खेलकुद गतिविधिसँगै विकास निर्माणका कामलाई तिव्रता दिने बताए । यस प्रतियोगिताको लागि आयोजक जोरपाटी क्लबलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकलभित्र गोकर्णश्वार क्षेत्रलाई खेलकुदको हव बनाउने उदेश्यले ५ करोडभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।

जोरपाटी फुटबल क्लबका अध्यक्ष दिपक लामाले पछिल्लो समय संसारभर नै फुटबलको क्रेज बढ्दै गएको बताए । उनले हालै रसियामा सम्पन्न बिश्वकप २०१८ मा रसियाले ५० लाख पर्यटक भित्र्याएर एकजनाको भागमा ५-१० हजार डलर खर्च गरी फुटबललाई नै व्यापारिकिकरण गरिएको प्रशंग सुनाए ।

(सहभागिता)

उद्घाटन कार्यक्रममा सहकारी तथा गरिबि निवारणमन्त्री अम्बिका बस्नेत, प्रदेश सभा सदस्य एवं प्रदेश नं ३ का प्रमुख सचेतक छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, पुर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक चेतनारायण गुरुङ, कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, गोनपा ८ का वडा अध्यक्ष मनोज ढुङ्गाना, समाजसेवी धुव्र श्रेष्ठ, नेपालय इङलिस पब्लिक स्कुलका एमडी बुद्ध श्रेष्ठलगायत उपस्थित थिए ।

(भोलिको खेल)

भोलि (आइतबार)को खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ र वडा नं. ४ ए बीच मध्यान्ह १२ः३० बजे खेल हुनेछ । जोरपाटी फुटबल क्लबको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

(१४ टिम)

प्रतियोगितामा १४ टिमले सहभागीता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त, दोस्रो हुने टिमले नगद रु. ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् पौष २८ गते हुनेछ । फाइनल खेल पौष २८ गते हुनेछ ।

Comments

comments