US Khabar
  • बझाङमा भिषण पहिरो: एकै परिवारका १८ सहित २३ जना वेपत्ता – गाउँलेहरु बिस्थापित

    - Admin | २ महिना पहिले प्रकाशित

    बझाङमा भिषण पहिरो: एकै परिवारका १८ सहित २३ जना वेपत्ता – गाउँलेहरु बिस्थापित

    अविरल बर्षा पछि आएको पहिरोका कारण सुदुर पश्चििमको बझाङमा एकै गाउँपालिका ७ घर पुरिनुका साथै २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका ४ डिख्लामा गएराति गएको पहिरोमा परी २३ जना बेपत्ता भएका हुन् ।

    ७ घर पहिरोले पुरिएको यस घटनामा २ घरका २३ जना बेपत्ता भएका हुन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट खसेको पहिरामा परी गगने सार्कीको परिवारका १८ जना र नरे पार्कीका परिवारका पाँच जना वेपत्ता भएका हुन् । लगातारको बर्षाका कारण खसेको पहिरोले गाउँलेहरु घरबार बिहिन भएका छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन्।

    सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको यस घटनाले सिंगो देश त्रासदीमा छ । पहिरोका कारण पहाडी जिल्लाहरुमा सञ्चार सेवा समेत अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क गर्न समेत संचारमाध्यम र आफन्तलाई कठिनाई भएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!