US Khabar

जवानी [ गजल ]- खिमु केसी

- Admin | ३ वर्ष पहिले प्रकाशित

जवानी [ गजल ]- खिमु केसी

उनलाई मस्त जवानीले बदमास बनाएछ
सबैलाई मन पर्ने बिल्कुल खास बनाएछ ।।

उनले हेरे मात्रै ढल्थे शहरका मान्छेहरु
सकियो जवानी शहरबाटै उठिबाँस बनाएछ ।।

जहाँ गयो चिसो तातो एसि थियोे
हरायो सबै उडि जाने बतास बनाएछ ।।

हुकुमको एक्का बादशाह हुन्थ्यो हातमा
फेरियो पासा जोकर तास बनाएछ ।।

मालिकहरु मालिक्नी बनाउछु भन्थे रे
तर समयले अहिले दास बनाएछ ।।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!