US Khabar
  • अमेरिका मधेसी समाजको महाधिवेशन हुदै

    - भाबुक आचार्य | २ महिना पहिले प्रकाशित

    अमेरिका मधेसी समाजको महाधिवेशन हुदै

    अगामी शनिवार अमेरिका मधेसी समाजको तेस्रो महाधिवेशन आयोजना हुने भएको छ । अगामी अक्टुवर २३ तारिखका दिन टेक्सासको अभिङ्गमा तेस्रो महाधिवेशन आयोजना हुने भएको हो ।

    महाधिबेशनले यस अगाडीका कार्यसमितीको मुल्यांकन तथा समिक्षा गर्ने, नयाँ कार्यसमितीको छनौट, अगामी भाबी योजना तथा रणनिती बनाउने साथै बिजया दशमि, दिपावली तथा छठको शुभकामना आदानप्रदान गरिने जनाएको छ । अमेरिका मधेसी समाजले हाल नेपाली भाषा, संस्कृतिको संरक्षण, बिपद्को समय सहयोग जुटाउने साथै अमेरिकाका विभिन्न राज्यमा बस्ने मधेसी समुदायका साथीहरुलाई एकत्रित गर्ने कार्य गदै आइरहेको छ । यस महाधिबेशनमा अमेरिका भरीका करिव २५० बढी सदस्यको सहभागिता रहने अपेक्षा गरिएको अमेरिका मधेसी समाजका केन्द्रिय अध्यक्ष राजेश यादवले जानकारी दिनुभएको छ । महाधिबेशन टेक्सस मै आयोजना गर्न लागिएकाले निकै उत्साहि भएको र तयारी समेत अन्तिम चरणमा पुगेकोे टेक्सस च्याप्टर अध्यक्ष शशि यादवले जानकारी दिनुभयो ।

    महाधिबेशनमा अमेरिकामा कृयाशिल बिभिन्न समाजिक संघसंस्थाको समेत सहभागिता रहने जनाईएको छ । कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा बिजयादशमि, दिपावली तथा छठको समेत शुभकामना आदानप्रदान गरिने बताइएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!